१२ बजे १२ समाचार: फेरि अल्झियो हेटौंडा सडक विस्तार योजनादेखि कांग्रेसले बनायो छाया सरकारसम्म
सारांश
- हेटौंडामा सडक विस्तारका लागि भत्काइएका घरहरूका कारण बजार अस्तव्यस्त बनेको छ ।
- सभामुखले सांसदहरूको अमर्यादित क्रियाकलाप छानबिन गर्न समिति गठन गरेका छन् ।
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको निगरानी गर्न छाया सरकार गठन गरेको छ ।
काठमडौँ । दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. फेरि अल्झियो हेटौंडा सडक विस्तार योजना
हेटौंडामा सडक विस्तारका लागि भन्दै अतिक्रमित स्थानमा बनेका घर भत्काए पनि पछिल्लो समय काम रोकिएको छ । जसले गर्दा हेटौंडा बजार अस्तव्यस्तजस्तै देखिएको छ ।
२. सांसदको ‘अमर्यादित क्रियाकलाप’ छानबिन गर्न समिति गठन
सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधि सभा बैठकमा केही सांसदबाट भएको ‘अमर्यादित क्रियाकलाप’ छानबिन गर्न समिति गठन गरेका छन् । समितिलाई छानबिनका लागि एक साताको समय दिइएको छ ।
३. नेपाली कांग्रेसले बनायो छाया सरकार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको काम कारबाहीको सुक्ष्म निगरानी गर्न र संसदीय अभ्यासलाई प्रभावकारी बनाउन ‘छाया सरकार’ गठन गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीका रूपमा कांग्रेसले अघि सारेको छ ।
४. अदालत जाने तयारीमा विपक्षी दल
प्रतिपक्षको अवरोधका बिच सभामुख डोल प्रसाद अर्यालले जबर्जस्ती संसदको नियमावली पारित गरेपछि विपक्षी दलहरू अदालत जाने सम्बन्धमा छलफलमा जुटेका छन् ।
५. धवलशमशेर पक्षका राप्रपा नेताहरू राजीनामाको तयारीमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले राजीनामा दिएसँगै उनी पक्षका अन्य नेताले पनि राजीनामाको तयारी गरेका छन् ।
६.रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा गएका छन् । उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।
७. दुई विधेयक प्रमाणीकरणमा किन गरियो चटारो ?
आइतबार प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोधका बिच दुई विधेयक पारित गरियो । यतिमात्र होइन, पारित गर्नासाथ सभामुखले ती विधेयक प्रमाणीकरण गरी राष्ट्रपति समक्ष सिफारिस गरेका थिए भने राष्ट्रपतिबाट समेत राति नै ती विधेयक प्रमाणीकरण गरे ।
८. प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूको विरोध
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले सांसदहरूले उठाएको प्रश्नको जबाफ दिने क्रममा ‘भारतले नेपालको जग्गामात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए ।
९. अवैध बैंकिङ र सुन कारोबारको आशङ्कामा छापा
प्रहरीले अवैध बैंकिङ र सुन कारोबारको आशङ्कामा सुर्खेतको वीरेन्द्रनगरस्थित एक व्यापारीको कार्यालयमा छापा मारेको छ ।
१०. महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ
जाजरकोटमा एक महिलामाथि हातपात गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक स्थानीय नेता पक्राउ परेका छन् । रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
११. प्रि–आईपीओ घोटालाबाट अर्बौंको ठगी
तरलताको कारणले खुम्चिएको ब्याजदर र सुस्त रहेको सेयर बजारको मौका छोपेर बिचौलियाहरुले प्रि–आईपीओ धन्दा चलाइरहेका छन् । व्यवसाय नोक्सानमा गएपछि त्यसको असुलीका लागि चर्चित व्यवसायी नै यो धन्दामा लागेको बताइन्छ ।
१२. अनफोल्डेड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण