१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १० गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १० समाचार’ लिएर उपस्थित भएका छौँ–
- सकसमा गैरआवासीय नेपाली अभियान
वैशाख २० गते शनिबार डा शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँमा एकता महाधिवेशन गराउँदा सरकारी प्रतिनिधिको रूपमा परराष्ट्रमन्त्री आरजु राणा देउवा उद्घाटन समारोहमा सहभागी थिइन् । जबकि प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तापत्र समेत ग्रहण गर्न मानेनन् ।
- हार्वर्ड प्रकरण
संयुक्त राज्य अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) की प्रमुख क्रिस्टी नोएमले हार्वर्ड विश्वविद्यालयलाई नयाँ विदेशी विद्यार्थीहरू भर्ना गर्ने प्रमाणिकरण रद्द गरेकी छन् । यस निर्णयसँगै, हार्वर्डमा पहिलेदेखि भर्ना भएका विदेशी विद्यार्थीहरूलाई अब अर्को विद्यालयमा स्थानान्तरण गर्नुपर्नेछ, अन्यथा उनीहरूले अमेरिका भित्रको कानुनी हैसियत गुमाउने छन् ।
- आईपीओ सूचीकरण
इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)को विवादले पछिल्लो समय सेयरधनीको खातामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जान रोकिएको छ ।
- मोहम्मद रफी
हिउँले ढाकिएका पहाडहरूमा खुलेआम आफ्नो प्रेम व्यक्त गरिरहेका शम्मी कपूरलाई जब ‘याहू... चाहे कोई कोई मुझे जंगले कहे...’ गीतको लागि स्वर चाहियो, तब उनले रफीको स्वरमा त्यो बेफिक्री आकर्षण भेट्टाए ।
- भिजिट भिसा प्रकरण
भिजिट भिसाको आडमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दल रास्वपाका साथसाथै गृहमन्त्रीकै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाले समेत उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राखेका हुन् ।
- राजावादी आन्दोलन
चैत १५ गते तीनकुनेको हिंसात्मक गतिविधिका कारण शिथिल भएका राजावादीहरू फेरि एकजुट भएर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध धावा बोल्ने प्रयासमा छन् ।
- मधेश सरकारमा कांग्रेसको आँखा
मधेश प्रदेशमा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने माग पुनः चर्किएको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले शुक्रबार मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने अडान कसेका हुन् । अर्थात् मधेस प्रदेश सरकारको नेतृत्व जनमतबाट कांग्रेसले हत्याउने कसरत हुन खोजेको बुझिएको छ ।
- शनिबार विशेष
- फोटोफिचर
- अपराध
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो पर्खाइ अन्त्य हुँदै, लाइसेन्स छपाइ तीव्र बनाइँदै
-
एक अर्बको लगानीमाथि खेलाँची, स्थायित्व खोज्दै पोखराको प्याराग्लाइडिङ
-
श्रेयष ऐयर टेस्ट टोलीमा नपरेपछि बीसीसीआईमाथि वीरेन्द्र सेहवागले उठाए प्रश्न
-
पोखराको पर्यटन जोगाउन प्याराग्लाइडिङ उडान सार्ने निर्णय निर्णय लिएका हौँ
-
दक्षिण भारतका यी राज्यहरूमा भारी वर्षासम्बन्धी रेड अलर्ट जारी
-
कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी