शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ‘जेनजी’ आन्दोलनमा व्यापक दमन, गृहमन्त्रीले दिए राजीनामा

सोमबार, २३ भदौ २०८२, २२ : ००
सोमबार, २३ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनमा प्रहरी दमन हुँदा काठमाडौँमा १९ जनाको मृत्यु भयो, गृहमन्त्रीले राजीनामा दिए।
  • विभिन्न दलहरू जेनजी आन्दोलनको जस लिन अघि बढे, कतिपय जिल्लामा कर्फ्यु जारी गरियो।
  • राष्ट्रपतिले शान्ति र संयमताको अपिल गरे, देउवाले सामाजिक सञ्जाल बन्द नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए।

आज २०८२ भदौ २३ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ‘जेनजी’ आन्दोलनमा व्यापक दमन, गृहमन्त्रीले दिए राजीनामा, जेनजीको आन्दोलनमा जस लिने दलहरूको होड, विभिन्न जिल्लामा कर्फ्यु, शान्ति र संयमताका लागि राष्ट्रपतिको अपिल, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई देउवाको सुझाव लगायत छन् ।

१. ‘जेनजी’ आन्दोलनमा व्यापक दमन
जेनजी पुस्ताले सोमबार देशव्यापी रूपमा गरेको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ । प्रहरी दमनका कारण काठमाडौँमै कम्तीमा १९ प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

२. गृहमन्त्रीले दिए राजीनामा
जेनजी पुस्ताको आन्दोलनमा ठुलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका युवामाथि व्यापक दमन भएसँगै गृह प्रशासन आलोचित बनेको थियो ।

३. जेनजीको आन्दोलनमा जस लिने दलहरूको होड
जेनजी पुस्ताले गरेको आन्दोलनमा जस लिन केही दलबिच होडबाजीजस्तै चलेको छ । रास्वपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विपक्षी दलहरूले जेनजी पुस्ताको माग सम्बोधन गर्न भन्दै सरकारलाई दबाब बढाएका छन् । 

४. विभिन्न जिल्लामा कर्फ्यु
जेनजी पुस्ताले सोमबार गरेको आन्दोलन भड्किएपछि काठमाडौँसहित विभिन्न जिल्ला प्रशासन कार्यालयले समवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।

५. शान्ति र संयमताका लागि राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठुलो संख्यामा हताहत भएको घटनाबाट आफू मर्माहत भएको भन्दै शान्ति र संयमताका लागि अपिल गरेका छन् । 

६. सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई देउवाको सुझाव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन सुझाव दिएका छन् ।

७. सातै प्रदेशमा ‘जेनजी’को प्रदर्शन
‘जेनजी’ पुस्ताले काठमाडौँ उपत्यकाका अतिरिक्त सातै प्रदेशका प्रमुख सहरमा सोमबार भ्रष्टाचार, बेथितिविरुद्ध प्रदर्शन गरेका छन् ।

८. संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ
संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

९. सेवा प्रदायकले भने– इन्टरनेट अवरुद्ध हुने खतरा
इन्टरनेट सेवा अवरुद्ध हुने खतरा बढेको भन्दै सेवा प्रदायकले सरकारको ध्यानाकर्षण गराएका छन् ।

१०. बाढी–पहिरोको मारमा बागमतीमा सडक
बागमती प्रदेश अन्तर्गतका विभिन्न सडक बाढी–पहिरोको मारमा थिलथिलो भएका छन् । खासगरी हेटौंडा र काठमाडौँ जोड्ने विभिन्न सडक वर्षा हुनासाथ बन्द हुने अवस्था सिर्जना हुँदा यात्रीले सास्ती झेल्नु परिरहेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप