हेर्नुहोस् आजका १० बजे १० समाचार
सारांश
- विजयादशमीमा टीका र आशीर्वाद थापेर मनाइयो, प्रधानमन्त्री कार्कीले शहीद परिवारलाई सहयोग गर्ने बताइन्।
- गृहमन्त्रीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए, प्राधिकरणले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गर्यो।
- डा. महावीर पुनले सामाजिक सञ्जालमा फैलिएको अफवाहको खण्डन गर्दै आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिए, बागमती प्रदेशका ६ मन्त्रालय अस्थायी भवनमा सारियो।
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा आज पनि हामी १० बजे १० समाचार लिएर हाजिर भएका छौँ–
१. विजयादशमी मनाइयो
हिन्दु नेपालीको महान पर्व दसैँ अन्तरगत शुक्रबार विजयादशमी आज मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइएको छ । बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको थियो ।
२. प्रधानमन्त्री कार्की
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण जेनजीहरुको ज्यान गएको बताएकी छन् ।
विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको बताइन्। उनले राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता जनाइन् ।
३. गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन् ।
४. टीकाको चहलपहल
काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने र फर्किने मान्छेको चहलपहल सुरु हुन थालेको छ ।
निधारमा टीका र शिरमा जमरा लगाएर सर्वसाधारण आफ्ना मान्यजनकहाँ गइरहेका छन् ।
५. प्राधिकरणको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुने सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको उनले बताइन् ।
६. महावीर पुन
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई करोडौं रुपैयाँ खर्च गरेर विदेशमा पढाएको भनी फैलिएको अफवाहको खण्डन गर्दै आफ्नो व्यक्तिगत आर्थिक स्रोत शून्य रहेको दाबी गरेका छन् ।
उनले बिहीबार फेसबुकमार्फत एक विस्तृत पोस्ट लेख्दै राष्ट्रिय आविष्कार केन्द्रको काम र आफ्नो व्यक्तिगत जीवनयापन कसरी चलिरहेको छ भन्नेबारे स्पष्ट पारेका छन् ।
७. दसैँ विशेष
बिहीबार रातोपाटीमा दसैँ विशेष सामग्रीका रुपमा विभिन्न सामग्री प्रकाशित भएका छन् ।
८. बागमती प्रदेश
बागमती प्रदेशका ६ मन्त्रालयलाई अस्थायी भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका मन्त्रालयहरूको सेवा प्रवाह र विकास निर्माणको कामलाई निरन्तरता दिन प्रदेशका मन्त्रालयहरूलाई अस्थायी भवनहरूमा स्थानान्तरण गरिएको हो ।
९. प्रहरी एक्सन
वीरगन्जमा भएको ग्याङ फाइट मृत्यु प्रकरणका मुख्य अभियुक्तसहित पाँच जनालाई प्रहरीले ४८ घण्टाभित्रै पक्राउ गरेको छ। वीरगन्जको आदर्शनगरमा गएको मङ्गलबार भएको 'ग्याङ फाइट' पछि प्रहरीले 'अप्रेसन च्यालेन्ज' नामक विशेष रणनीति चलाएर अनुसन्धानमा सफलता हासिल गरेको हो।
१०. एकताको प्रयास
गैरआवासीय नेपाली संघ ( एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।
गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न लागि वार्ता सुरु गरेको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण