१२ बजे १२ समाचार: सम्झौता गर्ने लगानीकर्ता नै बेपत्तादेखि एमालेकाे मतदान जारीसम्म
सारांश
- नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रियामा ढिलाइ भएको छ र नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ।
- नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दायर भएको छ, जसमा ५ अर्बभन्दा बढीको बिगो कायम गरिएको छ।
- कोशी प्रदेशको लगानी सम्मेलनमा हस्ताक्षर भएका परियोजनाहरूमध्ये केही निर्माण सुरु भएका छन् भने केही लगानीकर्ता सम्पर्कविहीन छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. एमाले महाधिवेशन
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । त्यसका लागि मंगलबार दिउँसो १ बजे नै मतदान हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो ।
२. नेपाल ट्रस्ट जग्गा हिनामिना प्रकरण
नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो ।
३. कोशी प्रदेश लगानी सम्मेलन
कोशी प्रदेश सरकारले गत वैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा समझदारी पत्रमा हस्ताक्षर (एमओयु) भएका परियोजनामध्ये केही निर्माण चरणमा प्रवेश गरेका छन् भने केहीका लगानीकर्ता सम्पर्कविहीन छन् । कतिपय योजना कानुनी र प्रक्रियागत उल्झनमा फसेका छन् ।
४. उम्मेदवार सिफारिस
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर मंसिर १५ गते परिपत्र गरेको थियो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले मंसिर मसान्तसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गर्यो ।
५. इलाममा विपदका साढे दुई महिना
गत असोज १८ र १९ गतेको भीषण बाढी–पहिरोले क्षति पुगेको इलाममा संघीय सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्यो । संकटग्रस्त क्षेत्र घोषणा गरेपछि इलामका स्थानीयले सोचेका थिए– ‘अब पुनर्निर्माण छिटो हुन्छ र आफ्नो संकट टर्छ ।’
६. चुनावको पक्ष
कांग्रेस र एमालेका निवर्तमान सांसद प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको बेला मधेस केन्द्रित दल यसको विपक्षमा देखिएका छन् । उनीहरू जुनसुकै हालतमा निर्वाचन हुनुपर्ने पक्षमा छन् ।
७. वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षमा निरन्तर रूपमा वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गएको छ । साउन देखि मङ्सिरसम्म पछिल्लो पाँच महिनामा लगातार रूपमा वैदेशिक लगानी प्रतिबद्धता वृद्धि हुँदै गएको उद्योग विभागले जनाएको छ ।
८. प्रलोपा बैठक
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । यही पुस १ र २ गते काठमाडौँमा सम्पन्न बैठकले देशको समसामयिक राजनीति, आसन्न निर्वाचन, सुशासन र जनजीविकाका सवालमा विभिन्न निर्णयहरू गर्दै प्रस्ताव सार्वजनिक गरेको हो ।
९. आतंकवादमा वित्तीय लगानी रोक्ने नीति
सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ ।
१०. प्राकृतिक ग्यास
पाँच महिनाअघि चिनियाँ प्राविधिक टोलीले दैलेखमा प्राकृतिक ग्यास रहेको पुष्टि गर्यो । प्राकृतिक ग्यासको भण्डार पत्ता लागेसँगै निकै उत्साहित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राष्ट्रिय समृद्धिको आधार बताएका थिए । उनले मंसिरभित्रै प्राकृतिक ग्यासको परीक्षण तथा उत्पादन थाल्न निर्देशन समेत दिएका थिए ।
११. खच्चडको भरमा सुदूरपश्चिमका गाउँ
दार्चुलाको अपि हिमाल गाउँपालिकाको फेदमा पर्ने मकरीगाड बजार पुग्दा यस्तो लाग्छ, यहाँबाट दुईवटा फरक दुनियाँ सुरु हुन्छन् । एउटा दुनियाँ– जहाँसम्म गाडीका पाङ्ग्रा गुड्छन्, हर्न बज्छन् र डिजेलको धुवाँ उड्छ । अर्को दुनियाँ– जहाँबाट माथि उकालो लाग्नका लागि खच्चडका टापहरूको आवाज र घाँटीमा झुण्ड्याइएका घण्टीहरूको टिङ–टिङ नै एक मात्र धुन हो ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण