काठमाडौँ । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा खडा भएका छन् ।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरु प्रवेश गर्ने समय राति १२ बजेसम्म थप भएको छ । एमाले नेता शंकर पोखरेलले मतदान केन्द्रमा मतदाताहरुलाई प्रवेशको समय राति १२ बजेसम्म थप भएको जानकारी दिएका हुन् ।
यसअघि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म तय भएको थियो । निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । सो निर्वाचनमा २२६३ जना मतदाताले मतदान गर्दैछन् ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा १२ सय ८२ मत खसेको हो ।
निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले बताए ।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदाताहरूले मत खसालिरहेका छन् । मंगलबार हुने भनिएको मतदान बुधबार बिहान ९:१५ बजेबाट भृकुटीमण्डपमा सुरु भएको थियो ।
सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत खसाले । उनीहरुले मत हाल्न एक घण्टा भन्दा बढी समय लगाए ।
भोट हालेपश्चात् ओली केही फोटो सेसन(ज्योति मगरदेखि कोमल वली) मा गफिए । मतदान एकदमै सुस्त भइरहेको थियो । ईश्वर र उनको टीम निरन्तर मत माग्न मैदानमा थियो । अहिले केपी शर्मा ओली मतदानस्थलमा पुगेका छन् ।
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अझै सकिएको छैन ।
२ हजार २ सय ६३ मतदातामध्ये ५० प्रतिशतले आफ्नो मत खसालिसकेका छन् । तर ११औँ महाधिवेशनमा उठेका उम्मेदवारहरूलाई भोट हाल्न ९ मिनेटदेखि ३ घण्टासम्म लागेको निर्वाचन आयोग स्रोतले बताएको छ ।
आयोग स्रोतले भन्यो,'३ घण्टा लगाएर पनि भोट हाले । कसैले ९, १० मिनेटमा पनि भोट हाले । बिहान सम्मै लाग्ने भयो ।'
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । बुधबार भृकुटीमण्डपमा मतदान भइरहेको हो ।
भृकुटीमण्डप बाहिरको चुनावी सरगर्मी अझै सेलाएको छैन । अध्यक्षका दुई उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलका समर्थकहरू नारा लगाउँदै माहोल तताइरहेका छन् । चिसो बढेपनि समर्थकहरू भने आफ्ना नेताहरूलाई मत माग्न व्यस्त छन् ।
२ हजार २ सय ६३ मतदातामध्ये ८ सय भन्दा बढी मत खसिसकेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
त्यसका लागि मंगलबार दिउँसो १ बजे नै मतदान हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाेखरेल मैदानमा उत्रिएका छन् । २ हजार २ सय २३ मतदातामध्ये अहिलेसम्म सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रिया सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह निर्वाचन आयोगले गरेकाे छ ।
‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधि टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ’ आयोगका सचिव कुन्साङ लामाले भने ।
त्यसपश्चात मतदानस्थलमा पस्न नपाइने जानकारी गराइएको समेत लामाले बताए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता सहभागी रहेका छन् । निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय मत खसेको हो ।
निर्वाचनमा दिउँसो ४ बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ५५५ मत मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ५५५ मत खसेको हो ।
निर्वाचनमा दिउँसो २ः३० सम्म एक चौथाई मत खसेको एमाले नेता कुसान लामाले जानकारी दिए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।
काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्दै मुलुकलाई सही बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४१५ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको हो ।
बिहानको तुलनामा मतदान सुस्त भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान पछि फोटो सेसन गरेका छन् । सो पार्टीको ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गरेलगत्तै अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुसँग बसेर तस्बिर खिचाएका हुन् ।
राजधानीको भृकुटीमण्डपमा सो पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा ओली र ईश्वर पोखरेलबिच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।
काठमाडाैँ । नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको भन्दै एमालेमा केपी ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधवार नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश संकटासन्न अवस्थामा रहेको, संविधानको रक्षा गर्नुपर्ने, मुलुकको राष्ट्रियताको रक्षा गर्नुपर्ने भएकाले एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता रहेको बताए । यस समयमा केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता तयार रहेको बताए । उनले ११ औँ महाधिवेशन भव्य र सभ्य रुपले सम्पन्न भइरहेको बताए ।
उनले भने, ‘यो महाधिवेशन अत्यन्त भव्य र सभ्य रुपले सम्पन्न हुँदैछ । आफ्नो नेता चयन गर्ने कुरामा महाधिवेशन प्रतिनिधिहरु लाइनमा लागेर खुशीयालीको वातावरणमा अभिमतमार्फत आफ्नो नेता चयन गर्दै हुनुहुन्छ । यसले पनि ११ औं महाधिवेशनमा ऐतिहासिक नै भएको छ । सबै कुरा नियमित रुपमा भइरहेको छ । मुलुक अत्यन्तै अफ्ठ्यारो स्थितिमा छ । लोकतन्त्रमाथि एक किसिमको आक्रमण भइरहेको छ । संविधानको रक्षा गर्नुपर्ने स्थिति छ, मुलुकको राष्ट्रियता संकटको स्थितिमा छ । यस्तो परिस्थितिमा एमालेमा दृढ र बलियो नेतृत्वको आवश्यकता छ । यो नेकपा एमालेको मात्रै महाधिवेशन होइन, सिंगो राष्ट्रको हो । केपी ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने हिसावले सबै प्रतिनिधिको मानसिकता देखिएको छ ।’
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमा बुधवार पनि विलम्ब भएको छ । बिहान ८ बजेदेखि मतदान हुने बताइए पनि ९ बजेसम्म पनि मतदान सुरु हुन नसकेको हो ।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आएलगत्तै मतदान सुरु हुने बताइएको छ । यद्यपि बिहान ९ बजेसम्म ओली भृकुटीमण्डप पुगेका छैनन् ।
नेता कार्यकर्ता भने मतदानको लागि लाइन लागेका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन् ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
मत माग्न कतिपय उम्मेदवारले फरक फरक शैली अपनाइरहेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले भने तुलसीको बोट नै हातमा बोकेर मत मागिरहेका छन् ।
पवित्र बिरुवा तुलसी आफ्नो नामसँग मिलेकोले यो बिरुवा बोकेरै मत मागेको उनले बताए ।
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।
यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा प्रचार सामग्री जथाभाबी फालिएको देखिन्छ।
भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सिंगो क्षेत्रको सौन्दर्य नै हराएको छ।
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो ।
मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।
निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
काठमाडौँ। नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएको छ । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि मंगलबार निर्वाचन प्रक्रिया अघि बढ्न सकेन । उनले आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गरिएको स्पष्ट पारेका छन् ।
पोखरेलले फेसबुकमार्फत लेखेका छन्, ‘निर्वाचन आयोगले तयार गरेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भयो। यही कारण निर्वाचन आज सुरु गर्न नसकिएपछि आयोगको निर्देशनअनुसार मतदान भोलि बिहानबाट सुरु गर्ने गरी स्थगित गरिएको हो।’
काठमाडौं । जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्यो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकारलाई फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट छ ।
तर जेनजी आन्दोलनले सत्ताच्युत हुन पुगेको तत्कालीन सरकारको नेतृत्वकर्ता दल एमालेले कार्की नेतृत्वको सरकारलाई रूचाएको छैन । उसले असंवैधानिक रूपमा सरकार गठन र प्रतिनिधिसभा विघटन भएको भन्दै संसद् पुनर्स्थापनाको माग गरी सर्वोच्च अदालतमा रिट हालेको छ
काठमाडौंको भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशन भइरहेको छ । रातोपाटीले महाधिवेशनस्थलमा भेटिएका एमालेका नेता कार्यकर्तासँग सुशीला कार्की नेतृत्वको सरकारका कामबारे सोधेको छ ।