१० बजे १० समाचार : उम्मेदवार टुङ्ग्याउँदै दलहरू, दुर्गा प्रसाईं पक्राउ
आज २०८२ माघ ५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा जनकपुरबाट थाल्यो रास्वपाले चुनाव अभियान, एमालेले टुङ्ग्यायो उम्मेदवार, चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाले पनि टुङ्ग्यायो उम्मेदवार, नेकपाबाट को–को बने उम्मेदवार ?, सहमतिमै उम्मेदवार छान्ने कसरतमा कांग्रेस, दुर्गा प्रसाईं पक्राउ लगायत छन् ।
१. जनकपुरबाट थाल्यो रास्वपाले चुनाव अभियान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार जनकपुरधाममा उदघोष सभा आयोजना गर्दै चुनाव अभियान सुरु गरेको छ । सभालाई रास्वपाका सभापति रवि लामिछाने, भावी प्रधानमन्त्रीका रूपमा सो पार्टीले अघि सारेका निवर्तमान मेयर बालेन शाह लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
२. एमालेले टुङ्ग्यायो उम्मेदवार
नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदका लागि प्रत्यक्षतर्फको उम्मेदवार टुङ्ग्याएको छ । यसअघि अध्यक्षले टुङ्ग्याउने भनेर खाली राखिएका क्षेत्रमा समेत एमालेले उम्मेदवार टुङ्गो लगाएको हो । केही स्थानमा एमालेले उम्मेदवार नै परिवर्तन गरेको छ । यद्यपि कतिपय स्थानमा घोषित उम्मेदवारका सम्बन्धमा विवाद देखिएको छ ।
३. चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा
आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नका लागि सञ्चारमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सोमबार राजीनामा दिएका हुन् ।
४. रास्वपाले पनि टुङ्ग्यायो उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार लगभग टुङ्ग्याएको छ । कतिपय स्थानमा भने उम्मेदवार चयन भएकाहरूका सम्बन्धमा असन्तुष्टि प्रकट भएको छ ।
५. नेकपाबाट को–को बने उम्मेदवार ?
नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । कतिपय स्थानमा उम्मेदवार चयनको विषयलाई लिएर नेता–कार्यकर्तामा असन्तुष्टि पनि प्रकट भएको छ ।
६. सहमतिमै उम्मेदवार छान्ने कसरतमा कांग्रेस
नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विभाजनको रेखा मेटाउन पहल गरेको छ । सोही क्रममा सबै पक्षलाई समेटेर उम्मेदवार चयन गर्ने भन्दै कांग्रेसमा त्रिपक्षीय छलफल चलेको छ । सहमति जुट्न बाँकी रहेकाले उम्मेदवार चयनमा समेत ढिला भएको छ । यद्यपि केही स्थानमा भने कांग्रेसले उम्मेदवार टुङ्गो लगाइसकेको छ ।
७. दुर्गा प्रसाईं पक्राउ
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं सोमबार पक्राउ परेका छन् । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेको हो ।
८. प्रदेश सभा छाडेर प्रतिनिधि सभाका लागि उम्मेदवार
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवारी चयन भइरहेको छ । दलहरूले उम्मेदवार टुङ्ग्याउने प्रक्रिया अन्तिम चरणमा पु¥याइसकेका छन् । यसरी उम्मेदवार बन्नेमा प्रदेश सभा सदस्यहरू पनि छन्, जो संघीय सांसद बन्नका लागि मैदानमा उत्रिन लागेका हुन् ।
९. रविन्द्र मिश्रलाई राप्रपाले काठमाडौँ–१ मा बनायो उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टीले रविन्द्र मिश्रलाई काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएको छ । विवादका बिच मिश्रलाई पार्टीले उम्मेदवार बनाएको हो ।
१०. प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार ‘एकल खुलेको आँखा’ चुनाव चिह्नबाटै लड्ने
प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार पार्टीकै आधिकारिक चुनाव चिह्न (एकल खुलेको आँखा) लिएरै प्रतिस्पर्धा गर्ने प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण