सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

२०८० को अन्तिम दिन : यस्ता छन् शीर्ष १० समाचार

शुक्रबार, ३० चैत २०८०, २१ : ३६
शुक्रबार, ३० चैत २०८०

आज विसं २०८० सालको अन्तिम दिन ।  अर्थात चैत महिनाको ३० गते, शुक्रबार । २०८० साल बिदा भएर शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । २०८० को अन्तिम दिन देशभर भएका मुख्यमख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ ।

१. मन्त्रिपरिषद्को निर्णय

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

थप समाचार

 

२. वर्ष २०८० को बिदाइ

विक्रम संवत् २०८० साल सकिँदै छ । शुक्रबार २०८० को अन्तिम दिन हो । शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुनेछ ।

 

३. रातोपाटीको नयाँ सौगात

नयाँ वर्षको अवसर पारेर हामीले रातोपाटी डटकमले पाठक तथा दर्शकसमक्ष दुई महत्त्वपूर्ण सौगात पस्केको छ । रातोपाटीले ‘रातोपाटी एप’ र ‘लग–इन’ सिस्टमसँगै ‘एक्सक्लुसिभ स्टोरी’ ल्याएको हो ।

एक्सक्लुसिभ स्टोरी

 

४. नेपालको जित

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

५.संसदको विवाद

प्रतिनिधिसभामा नेपाली कांग्रेसले यतिबेला गृहमन्त्री रवि लामिछानेलाई बोल्नबाट अवरोध गरिरहेको छ । संसदीय छानबिनको माग गर्दै आएको कांग्रेसको अवरोधका कारण मन्त्री लामिछानेले आफूमाथि सहकारी प्रकरणमा उठाइएका प्रश्नको जवाफ समेत दिन पाएका छैनन् । यता कांग्रेसको लगातारको अवरोधका कारण राजनीतिक दलसम्बन्धी विधेयक (दोश्रो संशोधन) २०८० सदनमा प्रस्तुत गर्न पाएका छैनन् ।

यसैबीच संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेकोप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ ।

६. त्रिविमा नियुक्ति

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

७. गृहको सर्कुलर

धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ । चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालय सम्हालेलगतै कूटनीतिक आचारसंहिता लागू गर्न कडाइ गरेका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार अन्य मन्त्रालय तथा निकायलाई पत्र पठाउँदै आचारसंहिता पालनका लागि आग्रह गरेको छ ।

८. ब्याजदरमा हेरफेर

वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिनमा नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

 

९. लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन्  ।

नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गृहकार्य थालेको छ । तर सो पार्टीभित्रको एक महिनादेखि चल्दै आएको आन्तरिक विवादले कसलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने भन्नेबारे मतभेद देखिएको छ ।

१०. यो पनि..

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. प्रकाश शरण महतकी श्रीमती विना बुढाथोकी (महत) कर नतिर्नेको सूचीमा परेकी छन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप