१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने

रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने भएको छ ।
न्यायाधीशत्रय विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बिहीबार उपाध्यक्ष डा हेमराज शर्माले २०८१ असोज ११ गते उत्प्रेषणयुक्त परमादेशको माग गरी दायर गरेको निवेदनमा अनुमति हुने आदेश गरेको हो ।
३. ठेक्कामा बेथिति
कालोसूचीमा परेको निर्माण कम्पनीले १८ करोड रुपैयाँको ठेक्काको आशयपत्र पाएको छ । मधेस प्रदेश सरकारको ऊर्जा सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाई विभाग डिभिजन कार्यालय सप्तरीले कालोसूचीमा परेको कम्पनीलाई ठेक्का स्वीकृतिको आशयपत्र प्रदान गरेको हो ।
४. संगीता सचिव हुन नपाउँदा
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा गत फागुन २२ गतेदेखि बिदामा छिन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपयुक्त जिम्मेवारी नदिएको भन्दै उनी साढे ३ महिनायता बिदामा बसेकी हुन् ।
५. विज्ञप्तिमै सीमित नेपाल
चर्किरहेको जारी इरान–इजरायल युद्धले विश्वव्यापी त्रास बढाएको छ । ती देशहरूबाट अन्य देशहरूले आ–आफ्ना नागरिक फिर्ता बोलाइरहेका छन् । कतिपयले धमाधमा लगिरहेका पनि छन् ।
युरोपेलीलगायत अन्य देशले इजरायलबाट आफ्ना नागरिक फिर्ता ल्याउन थालिसकेका छन् । स्लोभाकियाले आफ्ना नागरिक फिर्ता लगिसकेको छ भने छिमेकी देश भारतले पनि तेहरानबाट केही विद्यार्थीलाई उद्धार गरेको छ । यस्तै पोल्यान्डले पनि आफ्ना केही नागरिक घर ल्याएको छ । तर नेपाल भने विज्ञप्ति मात्र जारी गरेर बसेको छ ।
६. कुलिङ पिरियड विवाद
निजामती सेवामा दुई वर्षे ‘कुलिङ पिरियड हटाउने विषयमा सत्ताको नेतृत्वकर्ता एमाले एक्लै पर्ने देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ गते सर्वसम्मत पारित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा निजामती कर्मचारीमा कुलिङ पिरियडको व्यवस्था राखिएको थियो ।
७. मेटमणिविरुद्ध जाहेरी
सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
८. मेटाले टेरेन
सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता हुन सरकाले दिएको चेतावनीलाई बेवास्ता गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख १२ गते सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए ।
९. संसद
स्वतन्त्र सांसद डा अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् । संसदमा भएका सबै समाचारहरु यहाँ लिंक राखिएको छ ।
१०. तानिए न्यायाधीश
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन सर्वोच्च अदालत तानिएका छन् । उनीहरूलाई न्याय परिषदले काजमा सर्वोच्च तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर छानबिन प्रक्रिया अघि बढाएको हो ।
११. इरान इजरायल तनाव
जरायल र इरानबिच जारी युद्धमा दुवै पक्षले ठुलो जनधनको क्षति व्यहोर्नु परेको छ। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, इरानी क्षेप्यास्त्र आक्रमणबाट अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान गएको छ र ५९२ जना घाइते भएका छन्।
१२. म्याद थप
मितेरी सहकारीको रकम ठगेको आरोपमा कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख