दसैँको मुखमा भाडा बढाउने तयारी, चेक बाउन्स आरोपमा कांग्रेस महासमिति सदस्य गोर्खाली पक्राउ
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. आम्दानी बढे पनि नाफा खुम्चियो विद्युत् प्राधिकरणको
आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरणको आम्दानीमा उत्साहजनक वृद्धि भए पनि खुद मुनाफामा भारी गिरावट आएको छ । प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी ८.४६ प्रतिशतले बढे पनि खुद नाफा ३७.३२ प्रतिशतले खुम्चिएको छ ।
२. दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापना अघि खोल्ने
दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापना अघि नै खोल्ने तयारी भइरहेको छ । आइतबार संसदीय समितिमा यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले यसबारे जानकारी दिएका हुन् ।
३. लुम्बिनी प्रदेशमा स्मार्ट रिफ्रेस सेन्टर: ५ वर्षसम्म पनि पहिलो चरणको काम सकिएन
लुम्बिनी प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत तीन जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर निर्माणको काम थाले पनि पाँच वर्षसम्म पहिलो चरणको काम पनि सक्न सकेको छैन ।
प्रदेश सरकारले रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा रिफ्रेस सेन्टर निर्माण थालनी गरेको थियो ।
४. धनराज गुरुङकी पूर्वपत्नीविरुद्ध १७ करोड ७२ ठगी अभियोगमा मुद्दा दायर
मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध १७ करोड ७२ लाख ७ हजार १७४ रूपैयाँ ठगी गरेको भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
५. १० करोडको चेक बाउन्स भएपछि कांग्रेसका महासमिति सदस्य गोर्खाली पक्राउ
नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्रबहादुर (राजु) गोर्खाली आइतबार चन्द्रागिरीस्थित चोभारबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको विशेष टोलीले १० करोडको चेक बाउन्स भएको आरोपमा गोर्खालीलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो ।
६. देवेन्द्रलाई कसले पुर्यायो देउवासम्म ?
सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई नेपाली कांग्रेसले बिहीबार पार्टीमा भित्र्यायो । जघन्य अपराधमा संलग्न भएको आरोप लागेका देवेन्द्र यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिरमात्र होइन, पार्टीभित्रै पनि चर्को आलोचना भयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि कांग्रेसले यसबारे चासो राख्यो । यादवमाथि फौजदारी कानुनी प्रक्रिया रहेको थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले उनलाई दिएको सदस्यता खारेज गरिदियो ।
७. शंकाकै भरमा भिजिट भिसाका यात्रीलाई दुःख नदिइने
अध्यागमन विभागले अनुमान, शङ्का र यात्रीको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने स्पष्ट गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलन गर्दै वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रीलाई अनावश्यक रोकावट नहुने जनाएको हो ।
८. आउनासाथ भेटवार्तामा व्यस्त भए भारतीय विदेश सचिव
भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने भ्रमण तालिकाका साथ आइतबार नेपाल आएका छन् । नेपाल आइपुग्ने बित्तिकै उनी भेटवार्तामा व्यस्त भएका छन् ।
९. काठमाडौँको गेस्ट हाउसमा लगेर पत्नीको हत्या गर्ने व्यक्ति पर्साबाट पक्राउ
काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका एक जना युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन ।
१०. दक्षिण एसियामा आतंकवाद: नेपाललाई कति चुनौती ?
नेपालमा आतंकवादको प्रत्यक्ष असर देखा परेको त छैन, यद्यपि दक्षिण एसिया यसबाट नराम्ररी प्रभावित भएको छ । यस्तो अवस्थामा नेपालले के–कस्तो चुनौती सामना गर्नुपर्ने छ वा कस्ता तयारी गर्नुपर्ला भन्नेबारे केन्द्रित रहेर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
११. शरद ओझाको नियुक्ति अवैध
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति अवैध रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । ओझाको योग्यता र आचरणको सम्बन्धमा छानबिन गर्न बनेको समितिले उनी उक्त पदमा नियुक्तिका लागि योग्य नरहेको निष्कर्ष निकालेको हो ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण