शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: बीपी राजमार्ग अझै अस्थायी ट्रयाककै भरमा, इन्द्रजात्राको रौनक

आइतबार, २२ भदौ २०८२, ०० : ००
आइतबार, २२ भदौ २०८२

सारांश

  • बीपी राजमार्ग बाढीले क्षतिग्रस्त हुँदा अस्थायी रूपमा सञ्चालनमा छ, जसले यात्रा कष्टकर बनाएको छ।
  • इन्द्रजात्रा पर्व परम्परागत रूपमा मनाइयो, जसको रौनक देखियो।
  • एमाले विधान महाधिवेशनमा विद्यादेवी भण्डारीलाई पार्टीमा समेट्नुपर्ने धारणा राखियो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. क्षतिग्रस्त बीपी राजमार्ग

२०८१ असोजको दोस्रो साता आएको बाढीका कारण भकुन्डेबेसीँ देखि नेपालथोकसम्म करिब २९.५ किलोमिटर ध्वस्त भएको बीपी राजमार्ग अहिले अस्थायी रूपमा सञ्चालनमा छ । गत वर्ष दसैँको मुखमा अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले उक्त सडक खण्डमा क्षति गरेको थियो ।

२. इन्द्रजात्राको रौनक

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ।

३. एमाले विधान महाधिवेशन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथिको छलफलमा सहभागीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पार्टीमा समेट्नुपर्ने धारणा राखेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बन्दसत्र अन्तर्गत दोस्रो दिन जारी विधान महाधिवेशनमा १० वटा समूहमा विभाजन गरेर भएको प्रतिवेदनमाथिको छलफलका क्रममा प्रतिनिधिहरूले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोक्न नहुने धारणा राखेका हुन् ।

४.माओवादीको अभियान 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो। आज दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको हो।

५. ललितपुरमा सुरक्षा र सुन्दरता

ललितपुर कला र संस्कृतिको जीवन्त सहर । पाटन दरबार स्क्वायरका इँटामा प्राचीन कथा गुञ्जिन्छन्, हरेक गल्लीमा परम्परागत शिल्पको सुगन्ध छरिएको छ । तर केही समयअघिसम्म यस सुन्दर सहरको मुहारमा एउटा दाग थियो, सडकका बिचमा राखिएका कङ्क्रिटका खस्रा र निर्जीव डिभाइडरहरू ।

६. मन्त्रीको गाडीले ठक्कर

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध पारेका छन् ।  हरिसिद्धि सडकको उकालोमा बालकलाई गाडीले ठक्कर दिएको हो । घाइते बालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य देखिएको प्रहरीले जानकारी दिएको छ ।

७. ओलीको ‘नेपाली विशेषताको समाजवाद’

देशभरका झन्डै २४ सय एमाले महाधिवेशन प्रतिनिधि दुई दिनदेखि ललितपुरको गोदावरीमा पार्टीको विधि र नीतिका बारेमा ‘मन्थन’ गरिरहेका छन् । आगामी दिनमा पार्टीको मूल विधि, नीति र पार्टी संरचना कस्तो हुने भन्ने निक्र्योल गर्न काठमाडौँ आएका उनीहरूले नेतृत्वद्वारा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधानसम्बन्धी लगायतका प्रस्तावमा केन्द्रित भएर छलफल गरिरहेका छन् ।

८. सामाजिक सञ्जालमा प्रतिबन्ध

सरकारले फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत सामाजिक सञ्जालमाथि ‘दर्ता नभएको’ बहानामा लगाएको प्रतिबन्धप्रति नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले विरोध जनाएका छन् । 

९. पल्सर स्पोट्र्स अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औँ संस्करणको विभिन्न विधाका वर्षको उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ।

१०. नेपालमै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ स् महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा नै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले पूर्वाधार विकाससँगै मानिसका आकांक्षाहरू पनि बढेको बताएका हुन् । 

११. बीमा प्राधिकरणको अध्यक्ष

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले दिएको सूचना अनुसार ७ दिनको म्यादभित्र आवेदन दिनेहरुको सूची सार्वजनिक भएको हो।

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप