१० बजे १० समाचार : मन्त्रिपरिषदमा थपिए चार जना, यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि
सारांश
- सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा चार नयाँ मन्त्री थपिएका छन्, जसले मन्त्रिपरिषद्लाई ८ सदस्यीय बनाएको छ।
- मन्त्रीहरूले पदभार ग्रहण गरेपछि विभिन्न मन्त्रालयमा काम सुरु गरेका छन्, र केही मन्त्रीले नयाँ निर्णयहरू लिएका छन्।
- माओवादी केन्द्रले पार्टी पुनर्गठन गर्ने निर्णय गर्दै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेको छ।
आज २०८२ असोज ६ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा मन्त्रिपरिषदमा थपिए चार जना, यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि, कुन मन्त्रीको कस्तो प्राथमिकता ?, सडक लगायतका संरचना निरीक्षणमा मन्त्री घिसिङ व्यस्त, मन्त्री बन्न राजीनामा दिएकी मिश्रा यता न उता !, माओवादी केन्द्र पुनर्गठनको अध्यायमा लगायत छन् ।
१. मन्त्रिपरिषदमा थपिए चार जना
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा सोमबार चार मन्त्री थपिएका छन् । चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।
२. यस्तो छ नवनियुक्त मन्त्रीहरूको पृष्ठभूमि
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद ८ सदस्यीय भएको छ । यसअघि तीन मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले सोमबार थप चार मन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्रीहरू यसअघि आफ्नो पेसागत जीवनमा राम्रै छाप बनाएर रहेको पाइन्छ ।
३. कुन मन्त्रीको कस्तो प्राथमिकता ?
सोमबार नियुक्त चार मन्त्रीले शपथ ग्रहणपछि आ–आफ्नो मन्त्रालयमा पद बहाली गरेका छन् । यस क्रममा उनीहरूले विभिन्न निर्णयसमेत गरेका छन् ।
४. सडक लगायतका संरचना निरीक्षणमा मन्त्री घिसिङ व्यस्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले सोमबार आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न संरचनाको निरीक्षण गरेका छन् ।
५. मन्त्री बन्न राजीनामा दिएकी मिश्रा यता न उता !
मन्त्री बन्नका लागि स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी संगीता कौशल मिश्रा अन्ततः यता न उताकी भएकी छन् । आइतबार मन्त्री बन्ने सूचीमा उनको नाम सामेल भएर राष्ट्रपति कार्यालयमा पठाइए पनि विवादित पृष्ठभूमि रहेको भन्दै चर्चा चल्न थालेपछि सोमबार उनको नाम काटेर अर्को सूची पठाइएको स्रोत बताउँछ ।
६. माओवादी केन्द्र पुनर्गठनको अध्यायमा
नेकपा माओवादी केन्द्रले पार्टी पुनर्गठन गर्ने उद्देश्यसहित वर्तमान केन्द्रीय समिति विघटन गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकमा राखेसँगै सो पार्टीका नेताहरू उत्साहित देखिएका छन् ।
७. देउवाको गर्दनमा लगाइएको टाँका चार दिनपछि काटिने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ वटा टाँका चार दिनपछि काटिने भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि साङ्घातिक आक्रमण भएको थियो ।
८. जमरा राख्दै घटस्थापना मनाइयो, भित्रियो दसैँ
हिन्दु धर्मावलम्बीको महत्त्वूर्ण चाड दसैँ भित्रिएको छ । नवरात्रिको पहिलो दिन सोमबार दसैँ घर तथा पूजा कोठामा जमरा राख्दै घटस्थापना मनाइएको छ ।
९. दसैँमा महँगीको मार कति ?
दसैँको आगमनसँगै उपभोग्य सामग्रीको बजार मूल्य आकासिने गर्दछ । यो वर्ष धेरैजसो खाद्य वस्तुमा मूल्य घटेको छ भने केहीमा मात्र बढेको देखिन्छ । यद्यपि सडक मार्ग बेलाबखत अवरुद्ध भइरहँदा हवाई भाडामा वृद्धि भएको छ ।
१०. मतदाता नामावली संकलनका लागि सरकारी निर्णय कुर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका सन्दर्भमा मतदाता नामावली संकलन गर्ने बाटो खुलाइदिन मागसहित सरकारलाई पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण