१० बजे १० समाचार : सुन तस्करी काण्डमा महरा पक्राउ, ओली र लेखकविरुद्धको जाहेरीबारे अलमलमा प्रहरी
सारांश
- सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
- जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले दर्ता नगरी फिर्ता पठाएको छ।
- एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ भने त्रिविको जग्गा र सम्पत्तिको प्रतिवेदन सार्वजनिक भएको छ।
आज २०८२ असोज २६ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सुन तस्करी काण्डमा महरा पक्राउ, ओली र लेखकविरुद्धको जाहेरीबारे अलमलमा प्रहरी, देउवाकै अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक बस्ने, माओवादीसँग पार्टी एकताका लागि विप्लवले राखे दुई सर्त, जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीको नामावली सार्वजनिक, एमालेको महाधिवेशन मंसिरमा, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति कति ? प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभियो जेनजीको एउटा समूह लगायत छन् ।
१. सुन तस्करी काण्डमा महरा पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भेपमार्फत सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
२. ओली र लेखकविरुद्धको जाहेरीबारे अलमलमा प्रहरी
जेनजी आन्दोलनमा व्यापक दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी अलपत्र परेको छ । प्रहरीले उक्त जाहेरी दर्ता नगरी जाँचबुझ आयोगमा पठाइको थियो तर आयोगले फौजदारी कसुरसँग सम्बन्धित जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीकोमै फिर्ता पठाएको छ ।
३. देउवाकै अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
नेपाली कांग्रेसको आसन्न केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
४. माओवादीसँग पार्टी एकताका लागि विप्लवले राखे दुई सर्त
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दुई वटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको एकता प्रस्ताव राखेका हुन् ।
५. जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीको नामावली सार्वजनिक
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।
६. एमालेको महाधिवेशन मंसिरमा
नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने भएको छ । एमाले सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
७. त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति कति ?
शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।
८. प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभियो जेनजीको एउटा समूह
विदेशमा रहेका नेपालीलाई मत दिने व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सुनिश्चित आफ्नो बटमलाइन भएको जेनजीको एक समूहले बताएको छ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो बटमलाइन अघि सारेको हो ।
९. साना दलभित्रका असन्तुष्टि विष्फोट
साना दलभित्रका असन्तुष्टि विष्फोट हुन थालेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका असन्तुष्ट पक्षले छुट्टै दल दर्ता गर्न निवेदन दिएका छन् भने नेकपा (बहुमत)का १६ नेताले पार्टी परित्याग गरेका छन् । राप्रपाको असन्तुष्ट पक्षले पनि नेतृत्वमाथि दबाब बढाएको छ ।
१०. बजारमा तिहारको चहलपहल बढ्दै
हिन्दु धर्मावलम्बीको दोस्रो प्रमुख चाड तिहार नजिकिँदै गरेको छ । तिहारको आगमनलाई बजारमा बढ्दो चहलपहलले पनि देखाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण