शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: काम अलपत्र छोड्ने ठेकदारलाई कारबाहीको तयारी, करिब ५ घण्टापछि खुल्यो त्रिभुवन विमानस्थल

शनिबार, २२ कात्तिक २०८२, २३ : ४८
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • ठेकदारले सडक निर्माणको काम अलपत्र छाडेपछि कारबाहीको तयारी थालिएको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङमा समस्या आएपछि उडानहरू सुचारु भएका छन्।
  • मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–

१. काम अलपत्र छोड्ने ठेकदारलाई धमाधम कारबाहीको तयारी

जीतपुरसिमरा, परवानीपुर, प्रसौनी हुँदै कलैया र वीरगञ्ज महानगरलाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको ‘बलुवा–बेहरा’ सडकखण्डको काम ठेकदार कम्पनीले अलपत्र छाडेको छ । धिरज निर्माण सेवा रौतहटले गत वर्ष १ करोड ५० लाख लागतमा २ वटा कल्भर्ट निर्माणसहित सडक कालोपत्रेको ठेक्का लिएको हो । कात्तिक मसान्तभित्रै सम्पन्न गर्नुपर्ने योजनामा हालसम्म काम सुरु भएको छैन ।

२. खुल्यो त्रिभुवन विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएका हवाई उडान सुचारु भएको छ । 

शनिबार साँझदेखि हवाई उडानहरूमा अवरोध सिर्जना भए । यसका कारण काठमाडौँ आउने र जाने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित भएका थिए ।  

३. राजीनामा

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् । शनिबार मधेस प्रदेशसभामा राजीनामा घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुखकहाँ पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

४. अपराध

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्टको जग्गा लिज सम्झौता सम्बन्धी ठगी र आपराधिक विश्वासघात कसुरमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। हाल अवकाश प्राप्त ६६ वर्षीय कार्कीलाई शुक्रबार चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ बाट पक्राउ गरिएको हो । 

५. साबुन उत्पादन गर्दै महिला

बझाङको थलारा गाउँपालिका–१ को विकट गाउँकी ४० वर्षीय पुतलीदेवी थापाको दैनिकी दुई वर्ष अघिसम्म घाँस–दाउरा, मेलापात र घरधन्दामा सीमित थियो । पाखो जमिनको थोरै उब्जनीले परिवार पाल्न धौ–धौ भएपछि उनका श्रीमान् भारतको बैंगलुरुमा पसिना बगाउन बाध्य थिए ।

 

६. राष्ट्रिय आर्थिक बहस २.०

प्रधानमन्त्री सुशीला कार्कीले भर्खरैको जेनजी आन्दोलनले दिएको म्यान्डेटलाई आत्मसात् गर्दै सुशासन र निजी क्षेत्रको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीलाई ‘आर्थिक समृद्धिको जगका विशाल ढुङ्गा’ को संज्ञा दिइन्।

 

७. स्वास्थ्य

नेपाली समाजमा ग्यास्ट्रिक लगभग ‘राष्ट्रिय रोग’ जस्तै बनेको छ। धेरै मानिसहरू यस समस्याबाट पीडित छन्, तर यसको सही व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा अझै पनि धेरै अलमल देखिन्छ। 

जाडोमा अधिकांश मानिसहरूलाई छालासम्बन्धी समस्याहरू हुने गर्छन्। कहिले सुक्खापन हुन्छ त कहिले छाला फुट्छ। चिसो र सुक्खा हावामा मोइस्चर (नमी)को मात्रा कम हुने हुँदा छालाको प्राकृतिक नमी छिट्टै सुक्छ।

८. खेलकुद

हङकङ सिक्सेसमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपाल ९२ रनले विजयी भएको हो ।

यो कुरा सबैलाई थाहा छ, फर्गुसन र उनका ‘पोस्टर ब्वाई’ –  विलक्षण प्रतिभाका धनी विङ्गर, जसले विम्बल्डनविरुद्ध आधा मैदानबाट गोल गरेका थिए, बिचको सम्बन्ध अत्यन्तै उतारचढावपूर्ण थियो। तर बेकह्याम र फर्गुसनको झगडा कसरी सुरु भयो ? र ती विङ्गरले ओल्ड ट्राफोर्डबाटै संन्यास लिने आफ्नो सपना किन पूरा गर्न सकेनन् ? 

९. निर्वाचन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मधेसका जिल्लाहरूमा मतदाता नामावली अद्यावधिक गराउने नागरिकको भीड दिनानुदिन बढ्दै गएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लाहरूमा निर्वाचन आयोगको कार्यालयहरूमा नयाँ मतदाता नामावली सङ्कलन, अद्यावधिक र सच्याउने कार्य तीव्र गतिमा भइरहेको छ ।

१०. फोटोफिचर

चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो । 

शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेन्जी पुस्ता, जनता र राजा एक हौँ, देश बचाऔँ’ भन्ने नारासहित प्रदर्शन गरेको छ ।

 

थारू महिला समाज उपत्यका समिति काठमाडौंले दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकको रूपमा सामा चकेवा महोत्सव २०८२ आयोजना गरेको छ। यो पर्व कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा विशेष रूपमा मनाइन्छ।

 

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बिच भागको स्पान बगाएकोमा हालसम्म पुनर्निमाण हुन सकेको छैन । 

 

११. दिल्ली विमानस्थलमा दुर्गासँग केरकार

राजसंस्था फर्काउने उद्देश्यले राजनीतिमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भारतमा त्यहाँका सुरक्षा निकायको उच्च निगरानीमा रहेको खुलेको छ। भारतको नाम लिएर पटक–पटक आन्दोलनमा होमिएका प्रसाइँलाई भारत भ्रमणका क्रममा उच्च अधिकारीले भेट नदिएको र सुरक्षा अधिकारीले समेत उच्च निगरानीमा राखेको जनाइएको हो।

१२. शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप