१२ बजे १२ समाचार: संसदीय ‘कठघरा’मा अर्थमन्त्री, मुख्यमन्त्री बानियाँको १०० दिन
सारांश
- अर्थमन्त्री खनाल संसदीय समितिमा उपस्थित भएर विभिन्न प्रश्नको जवाफ दिए।
- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सक्ने तयारी गरिएको छ, तर महाधिवेशनबारे विवाद छ।
- नेपालको अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने समय पछि सार्ने संकेत देखिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. असंसदीय समितिमा अर्थमन्त्री
अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल मंगलबार पहिलो पटक संसदीय समितिमा उपस्थित भए । जेनजी आन्दोलनपछि बनेको सरकारकारका अर्थमन्त्रीको रूपमा पहिलोपल्ट उनी राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका हुन् ।
२. कांग्रेस बैठक
गत असोज २८ गतेबाट सुरु नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार सक्ने तयारी गरिएको छ । मंगलबारसम्म सहमहामन्त्री तहसम्म धारणा राख्ने क्रम सकिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनले बुधबार बैठक सक्ने तयारी रहे पनि ठ्याक्कै भन्न भने नसकिने बताए ।
३. अन्योल
सन् २०२६ नोभेम्बरमा नेपाल अति कम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकमा स्तरोन्नति हुने तयारीमा थियो । तर जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र सरकारी तथा निजी क्षेत्रमा परेको असरलाई देखाउँदै यसलाई पछि सार्ने सङ्केत देखिएको छ ।
४. नयाँ पार्टी
ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । ५१ सदस्यीय पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले आफ्नै सचिवालय सदस्यहरूमार्फत राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
अधिवक्ता रमण कुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल गठन भएको छ । सर्वोच्च अदालत बार एशोसिएनका सचिव समेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।
५. आईजीपी कार्की
मन्त्रिपरिषद्ले सोमबार प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीलाई नियुक्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर–७ घमिरमा जन्मे हुर्केका कार्कीले कार्तिक २७ बाट ७९ हजार ५४१ जना फौजको कमान्ड समाल्नेछन् ।
६. मधेस प्रदेश
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदहरूलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्। मधेस आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूलाई मधेस रत्न सम्मानबाट सम्मानित गर्ने निर्णय गरेका हुन् ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहणको विरोधमा प्रदर्शन गरिएको छ । मंगलबार मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका थिए । सोको विरोधमा मधेस प्रदेश भवन अगाडि विभिन्न सात दलले विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
७. सुनकोशी–मरिण डाइभर्सन
सरकारले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको महत्त्वपूर्ण सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने भएको छ । राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रूपमा सरकारले २०७९ साल माघ ११ गते काम सुरु गरेको थियो । पटेल–रमण जेभीले २०७९ पुस १७ मा ५५ महिनाभित्र सक्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा यो आयोजनाको ठेक्का पाएको थियो ।
८. नारायणीमा बन्ने पुल
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
९. बानियाँको १०० दिन
बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा सरकारले केही ‘लोकप्रिय’ निर्णय गरेपनि कार्यान्वयनमा भने कमजोर देखिएको छ ।
१०. दशौं राष्ट्रिय खेलकुद
कर्णाली प्रदेशमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक तोकिएको छ । आगामी फागुन १ गतेदेखि ७ गतेसम्म प्रतियोगिता सम्पन्न गर्ने गरी नयाँ मिति तय भएको हो । यो मितिलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत स्वीकृत गरेको छ । यसअघि २०८१ मंसिरमा हुने भनिएको प्रतियोगितालाई पटक–पटक सारिएको थियो ।
११. कैलालीमा लागुऔषध दुव्र्यसनको अवस्था भयावह बन्दै
कैलालीमा लागुऔषध कारोबार तथा दुव्र्यसनको अवस्था भयावह बन्दै गएको छ । जिल्लामा दैनिकजसो लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ परिरहेका छन् ।
गत शनिबारमात्रै जिल्लाका विभिन्न स्थानबाट १८ वर्षीय एक युवकसहित आठ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । यो घटनाले जिल्लामा लागुऔषध दुव्र्यसनको अवस्था कति भयावह भइसकेको छ भन्ने प्रस्ट पार्दछ ।
१२. पीडाले जन्माएको परोपकार, जसले दुःखमा भाडा लिँदैनन्
सात वर्षको उमेरमा आमा गुमाए । दश वर्षमा घर छाडे र सडकपेटीलाई नै आफ्नो ओछ्यान बनाए । आज ३७ वर्षको उमेरमा उनी करोडौँका मालिकमात्र होइन, सयौँ गरिब र दुःखीको आशाको दियो बनेका छन् । यो कथा हो करिम अन्सारीको, जसले आफ्नो अँध्यारो अतीतबाट अरुको दुःखमा सहयोग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण