शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: भागबन्डा राजनीतिको मारमा कर्णाली लोक सेवा र खेलकुद परिषद्, १६ वर्षको दुश्मनीपछि ‘हस्तमिलन’

शनिबार, २९ कात्तिक २०८२, २३ : ५७
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • कर्णाली प्रदेशमा लोक सेवा आयोग र खेलकुद परिषद् नेतृत्वविहीन छन्।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
  • एमालेले देशभर जनप्रदर्शनसहित जनसभा गरेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. कर्णाली प्रदेश

कर्णालीमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसबिचको भागबन्डाको राजनीतिले प्रदेश सरकारका दुई महत्त्वपूर्ण निकाय, प्रदेश लोक सेवा आयोग र प्रदेश खेलकुद विकास परिषद्, विगत एक वर्षदेखि नेतृत्वविहीन अवस्थामा छन् । 

२. पर्शुराम र अभिषेकको ‘हस्तमिलन’
विराटनगरका मनोजविक्रम शाहले कात्तिक २५ गते साँझ सामाजिक सञ्जालमा ‘आकस्मिक १६ वर्षपछि भएको मित्र मिलन साँच्चै फलदायी र सम्झनायोग्य भेटघाट रह्यो’ भन्दै केही तस्बिरहरू सार्वजनिक गरे । 

३. पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

४. मधेस प्रदेशको राजनीति
मधेस प्रदेशको राजनीतिक अवस्था झन् पेचिलो हुँदै गइरहेको छ । नवनियुक्त मुख्यमन्त्री सरोज यादवले मधेस प्रदेशमा भइरहेका खेलमा स्पष्ट रूपमा भारतले गराएको आरोप लगाएका छन् । शनिबार मधेस प्रदेशका जनतालाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए, ‘वीरगञ्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाइदिन्छु भन्नेजस्ता धम्की दिने गरेका छन् ।’

५. एमालेको सभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज देशभरका जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।

६. बिहार विधानसभा चुनाव
बिहार विधानसभा चुनावको नतिजा आइसकेको छ। राज्यको २४३ सिटमध्ये २०२ सिट जितेर एनडीएले ऐतिहासिक बहुमत हासिल गरेको छ। राष्ट्रिय जनता दल (आरजेडी), भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस) र अन्य दलहरूको महागठबन्धनले भने ठुलो र अप्रत्याशित हार बेहोरेको छ।

७. शान्ता चौधरी
राजनीतिबाट उद्यमशीलतामा फड्को मारेकी नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ व्यवसायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । 

८. खेलकुद

९. नवयुग

म ‘शीतयुद्ध’ को युगमा जन्मिएको मान्छे हुँ । मेरो लेखकीय जीवनको धेरैजसो समय ‘शीत युद्धोत्तर’ कालमा बित्यो । सन् १९८९ पछिको यो अवधि अमेरिकी प्रभुत्व चलेको अवधि थियो । शीत युद्धोत्तर अवधि पनि सन् २०२० को दशकमा अफगानिस्तानबाट अमेरिकाको भद्रगोल शैलीको बहिर्गमन तथा युक्रेनमा रुसको आक्रमणसँगै अन्त्य भयो । 

१० अन्तर्वार्ता

माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरु आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरु देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । 

११. अपराध

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप