३२ निवर्तमान सांसद अब समानुपातिक सूचीमा बस्न नपाउने, घरभित्रै हरायो नेपाली महिलाको योगदान
सारांश
- पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
- क्यानका निलम्बित महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई हेलिपोर्ट निर्माण भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश भएको छ।
- कांग्रेसले समानुपातिकबाट सांसद बनेका ३२ जनालाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कांग्रेसबाट यी ३२ जना अब समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने
नेपाली कांग्रेसले २०७९ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेकाहरूलाई आसन्न निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ । योसँगै २०७९ सालमा समानुपातिकतर्फबाट निर्वाचन ३२ जनाले अब हुने निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्न नपाउने भएका हुन् ।
२. क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउने आदेश
भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) निलम्बित महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । विशेष अदालतले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
३. मधेसका नवनियुक्त मुख्यमन्त्रीले सम्हाले जिम्मेवारी
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका छन् ।
४.पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै पाँच पूर्वमन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
५. जेनजी आन्दोलनपछि अर्थतन्त्र
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशको अर्थतन्त्रमा गहिरो मनोवैज्ञानिक असर पारेको छ । आन्दोलनले उठाएका सुशासनका मुद्दा जायज भएपनि त्यसपछिको वातावरणले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् ।
६. अदालतको पत्र पुगेसँगै हेटौंडामा रोकियो सडक विस्तार
सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार कार्य रोकेको छ । सर्वोच्च अदालतबाट मंसिर १९ गते भएको उत्प्रेरण आदेश प्राप्त भएसँगै आइतबार मध्याह्नबाट सडक विस्तार कार्य रोकिएको सो कार्यालयले जनाएको छ ।
७. १३ वर्षीय किशोरीको हत्या आरोपित छिमेकी पक्राउ
मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीय किशोरी अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले अन्ततः आरोपितलाई कानुनको कठघरामा उभ्याएको छ । खेल्न जाने भन्दै घरबाट निस्किएकी किशोरीको हत्या अभियोगमा प्रहरीले उनकै छिमेकी पदम अधिकारीलाई पक्राउ गरेको हो ।
८. ओली र लेखकलाई पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी
हामी नेपालका संस्थापक सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरिए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
९. कर्णालीका भौतिकमन्त्रीमाथि किन लाग्यो सेटिङको आरोप ?
कर्णाली प्रदेश सरकारको गौरवको आयोजना ‘कर्णाली सिंहदरबार’ भवन निर्माणको ठेक्कामा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढामाथि नै सेटिङको आरोप लागेको छ । सामाजिक सञ्जालदेखि केही मिडियामा समेत मन्त्री बुढा नै संलग्न रहेर सेटिङ गरेको चर्चा छ ।
१०. हाइ प्रोफाइल १० जनालाई धम्की दिने व्यक्ति इन्डोनेसियामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको थाहा भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको पाइएको छ ।
११. एमाले महाधिवेशन: सुदूरबाट सचिवमा हानथाप, कर्णाली उपेक्षामा
नेकपा एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिमबाट सचिव पदका लागि आकाङ्क्षीको लर्को लागेको छ । पदाधिकारीमा कर्णाली भने उपेक्षित हुँदै आएको छ ।
१२. घरभित्रै हरायो नेपाली महिलाको योगदान
काठमाडौँको चाबहिल चोकबाट अलिकति भित्र सर्लाहीकी सम्झना पौडेलले १० वर्षभन्दा बढी समयदेखि आफ्नो सानो संसार सम्हाल्दै आएकी छन् ।
पहिला सानो पसल चलाउने गरेकी उनी बिरामी परेपछि अहिले कोठामै सीमित छिन् । उनका श्रीमान् ट्याक्सी चलाउँछन् र उनको यही सानो परिवार ट्याक्सीको कमाइमा निर्भर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण