१२ बजे १२ समाचार: निर्वाचनका लागि १९ अर्ब २१ करोड निकासा, भुलभुलैयामा सहकारी प्राधिकरणको एक वर्ष
सारांश
- राष्ट्रिय सहकारी नियमन प्राधिकरण दोस्रो वर्षमा प्रवेश गरेको छ र पहिलो वार्षिकोत्सव मनाउँदैछ।
- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ।
- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ, छापावाल सुन ३ लाख १९ हजार रुपैयाँ नजिक पुग्यो।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. सहकारी प्राधिकरण
राष्ट्रिय सहकारी नियमन प्राधिकरण दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारी अध्यादेशमार्फत् २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।
२. प्रधानमन्त्री जन्माउने थलो
फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर अहिले माहोल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनजस्तो बनिरहेको छ । सबैजसो प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएका छन् ।
३. चुनावी बजेट
अर्थ मन्त्रालयले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि उक्त रकम निकासा गरिएको हो ।
४. हिमपात
पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए।
५. सुनको मूल्य
नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो ।
६. उपभोक्ताको गुनासो
यतिबेला बजारमा खाना पकाउने ग्यास(एलपीजी) अभाव देखिएको गुनासो आउन थालेको छ । उपभोक्ताले ग्यास लिन बिक्रेताकहाँ जाँदा बिक्रेताहरूले ‘ग्यास छैन’ भन्ने जवाफ फर्काइरहेको रित्ता सिलिन्डर लिएर फर्किनुपरेको गुनासो आउन थालेका छन् ।
७. एमाले महासचिव शंकर पोखरेलसँग ‘वारपार’
आगामी फागनु २१ गते हुने निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलसँग निर्वाचन, टिकट वितरणमा देखिएको विवाद, निर्वाचनमा एमालेले मत माग्ने आधार लगायत विषयमा रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ ।
८. एक हजार २३७ मतदान स्थल अति संवेदनशील
प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा चार हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेशको ८ वटै जिल्लामा ४ हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएको हो ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सफल बनाउन प्रहरीले निर्वाचन सुरक्षा योजना तयार पारेको छ । सबै जिल्लाका मतदान स्थल निरीक्षणपछि प्रहरीले सुरक्षा चुनौतीको अवस्थाका आधारमा तिनलाई तीन भागमा वर्गीकरण गरेको छ ।
९. न्यायलय
सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।
नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै परेको रिट खारेज भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै दायर रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै टेलिकमलाई मोबाइल फोनमा रिङ ब्याक टोन बजाउने बाटो खुलेको छ ।
१०. निर्वाचन चहलपहल
रातोपाटीमा बुधबार प्रकाशित निर्वाचनसम्बन्धी समाचार
११. सैन्य जनरल बर्खास्त
पिपुल्स लिबरेशन आर्मी (पीएलए) को उच्च तह छिन्नभिन्न भएको छ। सप्ताहन्तमा चीनका शीर्ष जनरल झाङ युसिया र अर्का वरिष्ठ सैन्य अधिकृत जनरल लिउ झेनलीलाई पदबाट हटाइएपछि देशभित्र चलिरहेको शक्ति संघर्षको बारेमा गम्भीर प्रश्नहरू खडा भएका छन्।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण