शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: हुलाकी राजमार्गको दुर्दशादेखि, कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने

शनिबार, ०२ फागुन २०८२, २३ : ५९
शनिबार, ०२ फागुन २०८२

सारांश

  • हुलाकी राजमार्ग १६ वर्षदेखि अलपत्र रहेको र ठेक्का रद्द तथा सरकारी उदासिनताले भविष्य अन्योलमा परेको छ।
  • राप्रपाले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिबद्धतासहितको संकल्प पत्र सार्वजनिक गरेको छ, जसमा प्रदेश खारेजीको एजेन्डा छ।
  • ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने नयाँ चिनियाँ राजदूत नेपाल आइपुगेका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. हुलाकी राजमार्गको दुर्दशा

तराई–मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग १६ वर्षदेखि अलपत्र छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको यो राजमार्गमा ठेक्का रद्द र सरकारी उदासिनताका कारण यो आयोजनाको भविष्य अन्योलमा परेको हो ।

२. राप्रपाको संकल्प पत्र सार्वजनिक 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ। 

थप:

३. कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए ।

४. केपी ओलीले सार्वजनिक गरे नयाँ घोषणापत्र

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो निर्वाचन क्षेत्रको घोषणापत्र सार्वजनिक गरेका छन् । 

५. पशुपतिमा महाशिवरात्रि अघिको चहलपहल 

महाशिवरात्रिको पूर्वसन्ध्यामा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल बढ्न थालेको छ । देश–विदेशबाट आउने साधुसन्त तथा भक्तजनहरूको आगमनसँगै मन्दिर आसपासको क्षेत्र यतिबेला निकै व्यस्त देखिएको छ । 

६. २०८३ सालको पात्रो प्रकाशित 

२०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा पात्रो प्रकाशित गरिएको हो ।

७. भ्यालेन्टाइन डे

आज फेब्रुअरी–१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइएको छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ । 

८. प्रतिनिधिसभा निर्वाचन 

मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

९. ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

१०. नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत

नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् । 

११. विश्वकप

१२. शनिबार विशेष 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप