शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सुकुमबासी बस्तीमा शनिबार डोजर चल्ने, व्यवसायीमाथिको धरपकडले निजी क्षेत्र त्रसित

शनिबार, १२ वैशाख २०८३, ०० : ००
शनिबार, १२ वैशाख २०८३

सारांश

  • सरकारले बागमती किनारका सुकुमबासी बस्ती हटाउन शनिबार डोजर चलाउने तयारी गरेको छ।
  • व्यवसायीमाथि भइरहेको धरपकडले गर्दा निजी क्षेत्र त्रसित बनेको छ।
  • नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रियामा सहमति जुट्न नसकेपछि निर्वाचन स्थगित भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’ मा प्रस्तुत गरेका छौँ । 

१. त्रासमा निजी क्षेत्र

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य खम्बाका रूपमा रहेको निजी क्षेत्र यतिबेला व्यवसायीमाथिको धरपकडले त्रसित बनेको छ ।

२. कांग्रेसमा दलको नेता चयनमा मिलेन कुरा 

नेपाली कांग्रेसभित्र पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्ने विषयमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच मतैक्यता हुन सकेन। यसका कारण आज हुने भनिएको संसदीय दलको नेताको निर्वाचन स्थगित भएको हो।

३. सुकुम्बासी बस्ती खाली गर्दै सरकार 

सरकारले बागमती लगायतका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने भएको छ ।  शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिएको थियो। 

४. लोकतन्त्र दिवस 

जनआन्दोलन २०६२/६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ  लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

५. पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

६. रातोपाटी स्पेसल: नेपालमा सुरुङमार्ग

७. राप्रपामा एकपछि अर्को पार्टी परित्यागको घोषणा

राप्रपामा पछिल्लो समय नेताहरुले एकपछि अर्को पार्टी परित्यागको घोषणा गरिरहेका छन् । राप्रपा नेताहरु रवि किरण हमाल, हिक्मत कार्की,सौरेन्द्र बहादुर शाह, रविन्द्र मिश्र लगायतले लगातार पार्टी परित्यागको घोषणा गरिसकेका छन् ।

८. मन्त्रिपरिषद बैठक

सरकारले हालै बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को वैशाख २, ८ र १० गते बसेको बैठकका निर्णयहरु सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । 

९. अमेरिकी विशेष दूत नेपाल भ्रमणमा आउँदै

दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् । 

१०. सङ्घीय निजामती ऐनको मस्यौदा सार्वजनिक

सरकारले सङ्घीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो ।

११. वारपार

इमानदार, सादगी भएर पनि ‘अभागी’ नेताको रूपमा चिनिन्छन् कांग्रेस नेता गोविन्द भट्टराई । नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व गरेका भट्टराई अहिलेसम्म कुनै राजकीय पदमा पुग्न सकेका छैनन्, जबकि नेविसंघका अहिलेसम्मका सभापतिहरू कुनै न कुनै राजकीय पदमा पुगेका छन् ।

अझ चाखलाग्दो कुरा त उनैले टिकट दिएर स्ववियु सभापति बनाएका गगन थापा कांग्रेसको सभापति छन् भने उनकै जिल्ला तनहुँका प्रदीप पौडेल महासचिव छन् ।

१२. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप