बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सत्ता पक्षदेखि प्रतिपक्ष एउटै मञ्चमा, बालकुमारी घटनाबारे आरोप-प्रत्यारोप

सोमबार, १६ पुस २०८०, २० : ४२
सोमबार, १६ पुस २०८०

आज २०८० पुस १६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा कांग्रेसले मनायो मेलमिलाप दिवस : सत्ता पक्षदेखि प्रतिपक्ष एउटै मञ्चमा, बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्चरीय जाँचबुझ आयोग गठन, बालकुमारी घटनाबारे राजनीतिक तहमा आरोप–प्रत्यारोप, नेपाली टोपी दिवस मनाइयो, निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउने क्रममा पक्राउ परेका सीके राउतसहित ५२ जना रिहा, पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा अनिश्चित ढिलाइ, साउदी जाने नेपाली कामदारलाई बायोमेट्रिक अनिवार्य गरेकोमा विरोध लगायत छन् ।

१. कांग्रेसले मनायो मेलमिलाप दिवस : सत्ता पक्षदेखि प्रतिपक्ष एउटै मञ्चमा
नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा सत्ता पक्षदेखि प्रतिपक्षी दलका नेतासमेत सहभागी हुँदै आफ्ना धारणा राखेका छन् । 


२. बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्चरीय जाँचबुझ आयोग गठन
सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

३. बालकुमारी घटनाबारे राजनीतिक तहमा आरोप–प्रत्यारोप
बालकुमारी घटनाबारे राजनीतिक तहमा आरोप–प्रत्यारोपको अवस्था देखिएको छ । सोमबार नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा अवसरमा आयोजना गरेको कार्यक्रममा पनि यसबारे नेताहरुले चर्चा गरे । अर्कोतिर संसदीय समितिमा यो विषयमा गम्भीर छलफल भएको छ । 

४. नेपाली टोपी दिवस मनाइयो
अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर सोमबार नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि जनवरी १ तारिखका दिन टोपी दिवस मनाउन थालिएको हो ।

५. निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउने क्रममा पक्राउ परेका सीके राउतसहित ५२ जना रिहा
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित ५२ जनालाई प्रहरीले रिहा गरेको छ । धोती दिवस मनाउन भन्दै उनीहरु माइतीघर मण्डला हुँदै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

६. पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा अनिश्चित ढिलाइ
पूर्व मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा पेसीमा नचढ्दा अनिश्चित ढिलाइ भइरहेको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दा लामो समयदेखि पेसी मै नचढाएको हो ।

७. साउदी जाने नेपाली कामदारलाई बायोमेट्रिक अनिवार्य गरेकोमा विरोध
नेपालस्थित साउदी अरबको दूतावासले आजदेखि नेपाली श्रमिकहरूका लागि बायोमेट्रिक अनिवार्य गराएको छ । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिकको व्यवस्था थियो । बायोमेट्रिक अनिवार्य गरिएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलित बनेको छ ।

८. पानी माग्दै खानेपानीको कार्यालयमा प्रदर्शन
नेकपा एकीकृत समाजवादी काठमाडौँ महानगरपालिका कमिटीले जनतालाई पानी पिउन दिन माग गरेको छ । सोमबार पार्टीको महानगर कमिटीले त्रिपुरेश्वरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड परिसरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालको समेत उपस्थिति थियो ।

९. कांग्रेसमा वरीयताको विवाद चर्किंदै
नेपाली कांग्रेसमा वरीयताको विवाद पेचिलो बन्दै गएको छ । पार्टीका सार्वजनिक कार्यक्रमदेखि बैठकसम्म वरीयता विवादको असर देखिएको हो । पुस १२–१४ को केन्द्रीय कार्यसमिति बैठकमै वरीयता विवादको विषयले स्थान पाएको थियो । 

१०. बागमती सरकारले घोषणा गर्यो भ्रमण वर्ष
बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य अनुसार सोमबार पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षको घोषणा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप