सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

दिनभरका शीर्ष समाचार : धरपकडमा महानगर प्रहरी, राष्ट्रियसभा अध्यक्षमा हानथाप

बिहीबार, १७ फागुन २०८०, २३ : ३१
बिहीबार, १७ फागुन २०८०

आज मिति २०८० साल फागुन महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

राष्ट्रिय सभा अध्यक्षले गठबन्धनमा खटपट

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा पार्टीको दाबी रहेको बताएका छन् । उनले विगतमा आफूले कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति राष्ट्रियसभामा आउनुपर्छ भनेको भए पनि अहिले परिस्थिति भिन्न भएको बताए ।

तर, सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाउने तयारीमा छ । फागुन २९ मा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सिटौलालाई गठबन्धनको साझा उम्मेदवार बनाउन कांग्रेसले तयारी थालेको हो । दुई पार्टीबीच अध्यक्षको विषयमा आ–आफ्नो दाबी रहँदा गठबन्धनको भविष्यमाथि नै आशंका गर्न थालिएको छ । 

महानगर प्रहरीको धरपकडको विरोध

काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले प्रदर्शन गरेका छन् । 

बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् श्रमजीवी स्वरोजगार सडक व्यापारीको प्रदर्शन

फुटपाथ व्यवसायीमाथि नगर प्रहरीको ‘ताण्डव’

मजदुर कुट्ने एसपीलाई कारबाही गर्न माग

नागरिकमाथि कुटपिट गर्नेलाई  कानुनी कारबाहीको दायरमा ल्याउन अधिकारकर्मीको माग

सुन्धारा घटनामा प्रतिरक्षा भएको महानगर प्रहरी प्रमुखको दाबी

प्रचण्डमा बेचैनी

कर्मचारी प्रशासनले अपेक्षाकृत काम नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘बेचैनी’ बढेको छ ।

बिहीबार सिंहदरबारमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वको सरकारले सोचेअनुसार काम नभएकोमा ‘बेचैनी’ बढेको बताएका हुन् ।

लघुवित्त मिटरब्याज पीडित

निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले छाडेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

शपथको मिति तय

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ । 

गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।  

आर्थिक समाचार

। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से २८ अंकमाथिले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर २ हजार अंकमा अडिएको बजार आज २८.६८ अंकले घटेर १९ सय ७२.०९ अंकमा झरेको हो ।

यो पनि...

वैशाख १५ गतेका लागि इलाम २ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ । यहीक्रममा रास्वपाका ६ सांसद इलाम जाने भएका छन् ।

स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवद्र्धकमा नियुक्ति गरेको छ । मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवद्र्धकमा नियुक्ति गरेको हो ।

नेकपा एकीकृत समाजवादीको आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घर फिर्ती कार्यक्रम गर्न लागेको हो । माइग्रेसन प्रिपरेशन प्रोग्राम अन्तर्गत बढीमा ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागू गरेको हो ।

जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरद्धज्ञद्धज्ञडछरmबबिथकष्ब(

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप