आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म

आइतबार, ०७ वैशाख २०८२, ०० : ३३
आइतबार, ०७ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–  
१. राप्रपा प्रदर्शन
 राजावादी पार्टी राप्रपाले आइतबार राजधानीमा वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन कार्यक्रम तय गरेको छ । उक्त प्रदर्शनका लागि राजावादीहरूलाई पार्टीले बिजुलीबजारमा भेला हुन अनुरोध गरेको छ।

२. लन्च मिटिङ
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् ।  उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् । 

३. गोली प्रहार
बुटवल उपमहानगरपालिका बुद्धनगरमा आज बिहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टीका विष्टको रुपन्देहीमा उपचार नभएपछि चितवन पठाइएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्ध नगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय युवतीलाई एक युवकले गोली प्रहार गरी घाइते बनाएका थिए । 

४. बार एसोसिएसन
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

५. जुहारी
०८२ जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा गर्ने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयलाई लिएर केन्द्र र प्रदेश सरकारबिच जुहारी चलेको छ ।

६. महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

७. सिराहामा नालामा डुबेर एक बालिकाको मृत्यु
सिराहाको मिर्चैयामा नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा जमेको पानीमा डुबेर सिराहाको मिर्चैया नगरपालिका वडा नं। ५ का किसुन साफीकी ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

८. खेलकुद
आईसीसी यु–१९ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार बिहानैदेखि मुलपानी क्रिकेट मैदान वर्षाले बिथोलेपछि नेपालको आईसीसीको यू–१९ विश्वकपमा पुग्नबाट वञ्चित हुन पुगेको हो। दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द भयो ।

९. एनएसएल
साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेकोछ । शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै टोलीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

१०. एक मत
शीर्ष तीन राजनीतिक दल गणतन्त्र तथा संविधानको रक्षाका लागि एक ठाउँमा उभिन सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले नेताहरुले समान मत प्रकट गरेका हुन् ।

११. प्रथम नेपाली महिला
रातोपाटीको प्रस्तुति ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १७ औँ एपिसोड नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाहका सम्बन्धमा छ ।

शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप