१२ बजे १२ समाचार: तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार, जेनजीको पत्रकार सम्मेलनमा कुटपिट
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरिन्, जसमा कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइयो।
- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरिन्, असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट अलग भइन्।
- जेनजी आन्दोलनका क्रममा भएको कुटपिट र क्षतिबारे विभिन्न समाचारहरू आएका छन्, जसमा रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेको घोषणा गरे।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मन्त्रिपरिषद् विस्तार
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
२. सुमनाले त्यागिन् रास्वपा
पूर्वमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी छन् । उनले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
३. दसैँमा यातायात सञ्चालनबारे सरोकारवालाको ६ बुँदे निर्णय
चाडपर्वका बेला यात्रीलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् ।
४. प्रधानमन्त्री सुशीलाले औपचारिक रूपमा सम्हालिन् जिम्मेवारी
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन् । आइतबार सिंहदरबार परिसरस्थित कार्यालयमा उनले पदभार ग्रहण गरेकी हुन् ।
५. कार्यसम्पादन समिति बैठकमा देउवाबारे मौन कांग्रेसले अर्को विज्ञप्तिमा समेट्यो आक्रमणको प्रसङ्ग
कार्यसम्पादन समितिको बैठकमा नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा भएको आक्रमणबारे कुनै प्रतिक्रिया जनाएको थिएन । आइतबार अर्को विज्ञप्ति जारी गर्दै कांग्रेसले देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
६. महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । यसअघि सो पदबाट रमेश बडालले राजीनामा दिएका थिए ।
७. कारागारबाट बाहिरिनु रविका लागि ‘ब्याक फायर’ भएकै हो ?
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएका रास्वपाका सभापति रवि लामिछाने फेरि कारागार पुगेका छन् । उनी जेलबाट बाहिरिएको विषयलाई लिएर जेनजी युवाले कडा आपत्ति जनाएका थिए । आइतबार रास्वपाकै नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।
८. माओवादीसँग एकता गर्न नेकपाले बनायो वार्ता टोली
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।
९. जेनजीको पत्रकार सम्मेलनमा कुटपिट
आइतबार जेनजीको पत्रकार सम्मेलनमा कुटपिट भएको छ । जेनजीका विषयमा भइरहेको विवाद लगायतमा ‘हामी नेपाली’ नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको हो ।
१०. आन्दोलनको निसाना बनेका सरकारी कार्यालयमा जे देखियो
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा विभिन्न मन्त्रालयका साथै सरकारी कार्यालयहरू निसाना बने । आगजनी र तोडफोडबाट नष्ट भएका कार्यालयहरूमा सरसफाइको काम सुरु भएको छ ।
११. रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । उनले नयाँ पार्टी खोलेर राजनीतिमै अघि बढ्ने घोषणा गरेका छन् ।
१२. एन्फाको घोषणा ‘हचुवाको भर’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस ९ गतेबाट ‘ए डिभिजन लिग’ गर्ने योजना सार्वजनिक गर्यो । तर, विभिन्न कारणले यो योजना कार्यान्वयनमा आउन कठिन देखिन्छ ।
लिग गर्न कठिन हुने मुख्य कारण होम एन्ड अवे प्रणाली सञ्चालन गर्ने योजना बनाउनु हो । लिग होम एन्ड अवे गर्न सैद्धान्तिक रूपमा सम्भव भए पनि व्यवहारिक रूपमा धेरै चुनौतीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण