शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : दिनहुँको प्रदर्शनले सरकारलाई चिन्ता, संसद् भवन निर्माण सुस्त

शनिबार, ०८ कात्तिक २०८२, २२ : ००
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • नयाँ संसद् भवन निर्माणको म्याद थपिए पनि समयमै नसकिने आशंका बढेको छ।
  • गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन भन्दै अनावश्यक धर्ना र प्रदर्शन नगर्न आग्रह गरेको छ।
  • पोखरामा एक जनाको हत्या र ललितपुरबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

आज २०८२ कात्तिक ८ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • नयाँ संसद् भवन निर्माणमा ढिलाइ

निर्माणाधीन नयाँ संसद् भवनको काम पाँचौँ पटक थप गरिएको म्यादभित्र पनि सम्पन्न नहुने आशङ्का बढेको छ । आगामी २०८२ पुस १६ गतेसम्म सक्नैपर्ने अन्तिम म्याद भए पनि हालसम्म यसको समग्र भौतिक प्रगति जम्मा ८७ प्रतिशत मात्रै पुगेको छ ।

  •  अनावश्यक धर्ना–प्रदर्शन नगर्न आग्रह

गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न आग्रह गरेको छ।

  • बालुवाटारमा सुरक्षा बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ।  शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेका हुन् । 

  • छठको तयारी

काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ। काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन्। उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको छ।

  • आन्तरिक पर्यटकको भिड

मुस्ताङसहित हिमाली क्षेत्रको विभिन्न स्थानमा आन्तरिक पर्यटकको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार भाइटीकाको भोलिपल्ट शुक्रबार मात्रै बेनी-जोमसोम सडकखण्ड हुँदै ६ हजार ८५९ पर्यटक भित्रिएका थिए । 

  • स्वास्थ्य

 ‘बूनियन’ खुट्टाको एउटा सामान्य समस्या हो, जसमा खुट्टाको बुढी औँला नजिक हड्डी जस्तो उभार आउँछ र औँला भित्रतिर बांगिन थाल्छ। नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार, संसारभरका करिब २३% वयस्कहरूमा यो समस्या देखिन्छ। महिलाहरूमा यसको जोखिम पुरुषको तुलनामा २ देखि १० गुणा बढी हुन्छ।

  • अपराध

पोखरामा शनिबार बिहानै एक जनाको हत्या भएको छ। पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ।

प्रहरीले ललितपुरको धापाखेलबाट पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–२३ घापाखेल बस्दै आएका शिवकुमार विक छन् ।

 मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् ।

  • अन्तर्वार्ता

जेनजी विद्रोहबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई कस्तो प्रभाव पार्छ ? आगामी दिनमा कम्युनिस्ट पार्टीहरूले आफूलाई टिकाउन सक्लान् ? यसै विषयमा वामपन्थी नेता तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’सँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, आहुतिसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • खेलकुद

पेप ग्वार्डिओला र ज्लाटान इब्राहिमोभिच दुवै फुटबलका महान् हस्ती हुन्। त्यसैले, बार्सिलोनामा यी दुईबिच चर्को विवाद हुनु कुनै अचम्मको कुरा थिएन, जसले फुटबल इतिहासमा एउटा प्रतिष्ठित झगडाको रूप लियो।

  • शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप