काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ ।
महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् ।
भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भइ काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो ।
काठमाडौँ । एमाले नेतृ उषाकिरण तिम्सेनाले महाधिवेशनको नतिजाले पार्टीमा यथास्थितिमै रहने मत बलियो देखिएको बताएकी छिन् ।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले महाधिवेशनले पार्टीमा परिवर्तनभन्दा पनि 'जे छ, त्यसैलाई ठिक’ मान्ने निर्णय दिएको उल्लेख गरेकी हुन् ।
पार्टीभित्र 'बदलिनु पर्छ कि पर्दैन’ भन्ने विषयमा वैचारिक बहस र विवाद रहेको उनको भनाइ छ। उनले आफू परिवर्तनको पक्षमा उभिए पनि महाधिवेशनको हलले भने हालको अवस्थालाई नै निरन्तरता दिने पक्षमा आफ्नो अभिमत प्रकट गरेको जिकिर गरिन्। 'पार्टीमा हामी बदलिनु पर्छ कि पर्दैन भन्ने विवाद थियो, तर महाधिवेशनले जे छ ठिकै छ भन्ने निर्णय दियो,’ उनले भनेकी छिन् ।
विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको नारासहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूह नतिजाका हिसाबले निकै कमजोर सावित भएको छ ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा सो समूहबाट एक दर्जनभन्दा कम नेताहरू मात्र अटाउन सफल भएका छन् ।सार्वजनिक अन्तिम मतपरिणामअनुसार, पोखरेल समूहबाट पदाधिकारीमा केवल दुई जना उम्मेदवारले जित हासिल गरे ।
अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल भारी मतान्तरले पराजित हुँदा, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए । विष्टले ओली समूहका गुरुराज बराल र भट्टराईले ओलीका विश्वासपात्र विष्णु रिमाललाई पराजित गरेका हुन् ।
काठमाडौँ । भदौ २३ गते अपराह्नतिर संसद् भवन नयाँ बानेश्वर परिसरमा नसोचेको घटना हुन पुग्यो । तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधका साथसाथै भ्रष्टाचार र बेथितिको विरुद्ध ‘डिस्कर्ड’मा जुटेर सडकमा आएका जेनजी युवाहरूमाथि केपी ओली नेतृत्वको तत्कालीन सरकारले अन्धाधुन्द गोली बर्साउन पुग्यो, जुन घटनामा १९ जना जेनजी युवाले अनाहकमा ज्यान गुमाए भने काठमाडौँ बाहिर समेत थप जेनजीको मृत्यु भएसँगै देशभर आक्रोशको माहोल पैदा भयो ।
जेनजीले बेथितिको अन्त्यको माग गरेका थिए, ‘नेपोबेबी’ अभियान चलाएका थिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फकुवाको माग गरेका थिए । देश सिस्टममा चलोस् भन्ने आवाज उठाएका थिए, तर त्यही माग गर्दै सडकमा आएका कलिला युवाहरूमाथि अमानवीय ढंगले दमन भएको थियो ।
भदौ २३ को उक्त घटनापछि २४ गते जेनजीको आक्रोश सडकमा यसरी पोखियो कि बालुवाटारको शक्तिको साँचो समातेका ओलीले सत्ता मात्र होइन, त्यहाँबाट भाग्नुपर्ने परिस्थिति बन्यो । उनी हेलिकप्टरबाट सुरक्षित स्थानमा भागेपछि कैयन् दिन सार्वजनिक हुनै सकेनन् । उनले भाग्नुअघि नै प्रधानमन्त्री पदबाटै राजीनामा दिइसकेका थिए भने जेनजी आन्दोलनका क्रममा भएको घटनाका कारण पार्टीभित्रै समेत आलोचना खेप्नुपरेको थियो ।
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यको निर्क्याैल भएको छ । खुला, प्रदेश, समावेशी क्लस्टरबाट समेत गरी ती सदस्यको निर्क्याैल भएको हो ।
सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार खुल्लातर्फ २ जना, भूगोलबाट ८ जना, तथा समावेशी अन्तर्गत आदिवासी जनजातीतर्फ २ जना, मधेसीबाट ३ जना र दलितबाट २ जना गरी सो सङ्ख्यामा ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व भएको हो ।
पार्टीको विधानमै व्यवस्था गरेर एमालेले यसपटक युवा क्लस्टर (४० वर्ष मुनि) का लागि सिट सुरक्षित गरेको थियो । जसमा केही निर्विरोध निर्वाचित भएका छन् भने केही लोकप्रिय मतसहित विजयी भएका छन् ।
विराटनगर । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा भएको निर्वाचनमा कोशी प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ जना विजयी हुँदा ५ जना पराजित भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवमा विजयी भएका छन् ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, पूर्वमन्त्री समेत रहेका सांसद तिलकुमार मेन्याङ्बो, झापाका सांसद तिलचन पाठक र होम थापा केन्द्रीय सदस्यमा विजयी भएका छन् । उनीहरू सबै अध्यक्ष केपी शर्मा ओली प्यानलका हुन् ।
मुख्यमन्त्री कार्कीले १ हजार ३ सय ३७ मत प्राप्त गर्दै विजयी हासिल गरे । मेन्याङ्वो सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भए । उनले १३२४ मत प्राप्त गरे । यसैगरी, अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका सांसद पाठकले १२५१ मत र होमबहादुर थापाले ११७९ मत ल्याएर विजय हासिल गरे ।
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ।
नवनिर्वाचित सचिव डा. राजन भट्टराईका अनुसार बैठक दिउँसो १:०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय भएको छ। भर्खरै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरिसकेका छन्। यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेसँगै पार्टीले नयाँ गति लिने नेताहरूको विश्वास छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा कानुनी प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन्।
बिहीबार काठमाडौँमा आयोजित शपथग्रहण समारोहलगत्तै कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वलाई छुन खोज्नु संसारकै सबैभन्दा महँगो पर्ने दाबी गरेका हुन् । उनले पार्टी नेतृत्वविरुद्ध भइरहेका विभिन्न प्रचार र हल्लाहरूलाई पञ्चायतकालीन कूकर्मको संज्ञा दिँदै त्यसको सशक्त प्रतिकार गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई तत्काल ढाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि देशभरबाट तयारी हालतमा रहन कार्यकर्तालाई आह्वान गरे। उनले एमाले नेतृत्वमाथि जाली मुद्दा लगाउने वा भौतिक हमला गर्ने प्रयास भएमा त्यसलाई सहन नसकिने र त्यस्तो अवस्थामा सरकार ढालिने स्पष्ट पारे।
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले देशमा चर्चामा रहेका सम्पूर्ण भ्रष्टाचार प्रकरणहरूको गहिरो अनुसन्धान गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।बिहीबार सम्पन्न महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक तथा प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विशेष प्रस्ताव पारित गरेको हो।
पार्टीका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनका निर्णयहरूबारे जानकारी दिँदै भ्रष्टाचारमा दोषी देखिएका जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गर्न आह्वान गरे।
एमालेले सुशासन र पारदर्शिता आफ्नो मुख्य प्राथमिकता रहेको दाबी गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठ्नासाथ राजीनामा दिने र कानुनी सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने परम्परालाई निरन्तरता दिने स्पष्ट पारेको छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्ट मात्रै अटाएका छन् ।
१० औँ महाधिवेशनमा केन्द्रीय सचिव बनेका भट्ट यसपटक उपमहासचिवमा उक्लिएका हुन्। उपमहासचिवमा प्रतिस्पर्धा गरेका सबै उम्मेदवारमध्ये उनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
यस महाधिवेशनमा कुनै समय अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने तर, अहिले विद्यादेवी भण्डारी निकट मानिने कर्णबहादुर थापाले पनि केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिएका थिए ।
काठमाडौँ । एमालेका १४ जना पदाधिकारी केन्द्रीय सदस्यमा पराजित भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिएका उनीहरू केन्द्रीय सदस्यमा निर्वाचित हुन असफल भएका हुन् ।
एमालेको पदाधिकारीमा १९ जना निर्वाचित छन् । यसमध्ये अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनी केन्द्रीय सदस्यमा पराजित भए ।
त्यस्तै, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, राम बहादुर थापा, गोकर्ण राज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । उनीहरूमध्ये गुरुङ, विष्ट र पन्तले केन्द्रीय सदस्यमा समेत जित निकालेका छन् ।
अछाम । अछाममा भीम रावलको विकल्पका रूपमा हेरिएका झपट बोहरा नेकपा (एमाले) को खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशको पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बोहराले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्नुपरे तापनि पार्टी संगठन र नेतृत्वको विश्वास जित्दै केन्द्रीय राजनीतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
तत्कालीन निर्वाचनमा भीम रावलको टिकट खोसेर उम्मेदवार बनेका कारण उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र कार्यकर्ताको विरोधको सामना गर्नु परेको थियो।
२०२४ सालमा अछामको दर्नामा जन्मिएका बोहराको पृष्ठभूमि बैंकिङ क्षेत्रसँग जोडिएको छ। मालिका विकास बैंक र नेपाल बैंकर्स एशोसिएसनको नेतृत्व गरिसकेका उनी २०६३ सालपछि मात्र सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
मकवानपुर । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय पदाधिकारी हारेका उम्मेदवारहरूले केन्द्रीय सदस्य पदमा जित निकालेका छन् ।
केन्द्रीय पदाधिकारी उपाध्यक्षमा हारेकी बिन्दा पाण्डेले केन्द्रीय सदस्य पदमा जित निकालेकी छिन् भने सचिव पदमा हारेका गोकुल बास्कोटा र रचना खड्काले केन्द्रीय सदस्य पदमा भने जितेका हुन् ।
पाण्डेले उपाध्यक्ष पदमा ९२१ मत प्राप्त गर्दा केन्द्रीय सदस्य पदमा १ हजार १२१ मत ल्याएकी छिन् । उनले केन्द्रीय सदस्य खुल्ला क्लष्टरमा आवश्यक ७२ पद मध्ये ५९औँ स्थानमा रहेकी छिन् ।
सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशका ५ जना नेताहरू खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक मत परिणामअनुसार अध्यक्ष केपी शर्मा ओलीको समूहबाट खुला केन्द्रीय सदस्यमा टिकट पाएर उम्मेदवारी दिएका कर्णालीका ७ जना नेतामध्ये ५ जनाले बाजी मारेका छन् भने २ जना पराजित भएका छन् ।
निर्वाचित हुनेमा गोरख बोगटीदेखि युवा नेता निरज आचार्यसम्म रहेका छन् भने दैलेखका पाका नेता लक्ष्मीप्रसाद पोखरेल र पूर्व माओवादी खेमाका धर्मराज रेग्मीले हार व्यहोरेका छन् ।
सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् । ढकाल यसअघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।
उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।
काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले केपी शर्मा ओली तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचित भएपछि भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरिएकाे कटाक्ष गरेकी छन् ।
उनले ओली र उनको समूह जनताको कठघरामा नउभिएको र जनताको वास्तविक विश्वास जित्न बाँकी नै रहेको बताएकी छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत बमले भनेकी छिन्, ‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता, निरंकुशतालाई अनुमोदन गरे । केपी ओली एन्ड भजनमन्डली जनताको कठघरामा उभिएका हैनन् । जनताले विश्वास दिन त बाँकी नै छ ।’
विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनले फेरि पनि अध्यक्ष केपी शर्मा ओली र उनको समूहको वर्चस्व स्थापित गरको छ ।
महाधिवेशनको सबैभन्दा चर्चा र अर्थपूर्ण नतिजा उपमहासचिव पदमा देखियो । अध्यक्ष ओलीका राजनीतिक सल्लाहकार एवं ‘किचन क्याबिनेट’का सबैभन्दा शक्तिशाली मानिने विष्णु रिमाललाई पछाडि पार्दै योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भए ।
विगतमा ताप्लेजुङबाट चुनाव लड्ने क्रममा अध्यक्ष ओलीले गएर भाषण गरिदिएको तर पछि सहयोग नगरेको भन्दै उनै विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेशमाथि प्रहार गरेका थिए । नेतृत्वको वरिपरि रहने र शक्ति अभ्यास गर्ने रिमाललाई कार्यकर्ताको मतद्वारा पराजित गर्दै योगेशले ग्रासरुटबाटै जवाफ दिएका छन् ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो ।
निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् ।
यस्तो छ, विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः
काठमाडौं । नेकपा एमालेका सिन्धुपाल्चोक जिल्लाका प्रभावशाली नेता अरुण नेपाल एमाले उपाध्यक्ष पदमा पराजित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनले ४९३ मत प्राप्त गरे ।
पार्टीभित्रको आन्तरिक शक्ति संघर्षमा लगातार पेलिँदै आएका नेपाल २०७७ सालमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय विरुद्ध उभिएर पदबाट राजीनामा समेत गरेका थिए । ओलीले गरेको संसद् विघटनको विपक्षमा उभिएयता उनको राजनीतिक यात्रामा निरन्तर बाधा देखिएको छ ।
तत्कालीन समयमा पार्टी विभाजनको संघारमा पुग्दा एमालेमै रहने निर्णय गरेका नेपाल त्यसबेलाको ‘१० भाइ’ टोलीमा थिए । २०७७ सालमा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका उनले ओलीको उक्त कदमको विरोध गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा नेपाल बागमती प्रदेशका सांसद एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका थिए । २०७४ बाट उक्त पदमा रहेका उनले २०७७ पुसमा ओलीको कदमको विरोध गर्दै राजीनामा दिएका थिए ।
काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । बिहीबार सम्पन्न ११औं महाधिवेशनबाट उनी अर्का प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ । नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।
काठमाडाैँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका विष्णु रिमालले जनताको बहुदलीय जनवाद (जबज) लाई व्यावहारिक रूपमा आत्मसात् गर्दै अत्यन्त सौहार्द, मित्रवत् र स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको बताएका छन् ।
बिहीबार उपमहासचिवसहित केन्द्रीय समस्यमा समेत पराजित भएका उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले महाधिवेशनमा नेतृत्वमा निर्वाचित सम्पूर्णलाई बधाई समेत दिएका छन् । उपमहासचिव पदमा १ हजार ९१ मत ल्याएर पराजित भएका उनी केन्द्रीय सदस्य पदमा पनि निर्वाचित हुन सकेनन् ।
काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
राजधानीमा बिहीबार सम्पन्न महाधिवेशनमा ७२ जना खुला केन्द्रीय सदस्य पदका लागि १६७ जनाले उम्मेदवारी दिएका थिए ।
सार्वजनिक मतपरिणाम अनुसार प्रदीप ज्ञवालीले सर्वाधिक १९४२ मत ल्याएर पहिलो स्थान हासिल गरेका छन् भने सुहाङ नेम्वाङ १७२१ मतसहित दोस्रो र कृष्णभक्त पोखरेल १६९८ मतसहित तेस्रो भएका छन् ।
धनगढी । नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा ९ जना नेताहरू विजयी भएका छन् ।
प्रदेशको भूगोलको कोटाबाट केन्द्रीय कमिटी सदस्यमा विजयी हुने नेताहरूमा लिलाकुमारी भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन्।
उनले १ हजार ५९२ मत ल्याइन्। यस्तै कमला कुमारी ओलीले १ हजार ५७१,गोविन्द गिरीले १ हजार ५५५, चक्रबहादुर मल्लले १ हजार ४८६, र भागरथी सिंहले १हजार ४३१ मत ल्याएर विजयी भएका छन्।