‘हेभीवेट’ उम्मेदवारका क्षेत्रमा उच्च तहका प्रहरी अधिकृत खटिने, जीतपुर सिमरामा नदीजन्य पदार्थ तस्करी भयावह
सारांश
- निर्वाचनमा 'हेभीवेट' उम्मेदवार भएका क्षेत्रमा प्रहरी परिचालन गरिने भएको छ।
- निर्वाचन आयोगले बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
- राष्ट्रिय बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ, जसमा समग्र आर्थिक सूचक सन्तोषजनक देखिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. ‘हेभीवेट’ उम्मेदवारका क्षेत्रमा उच्च तहका प्रहरी अधिकृत खटिने
प्रतिनिधि सभा निर्वाचनमा ‘हेभीवेट’ उम्मेदवार रहेका क्षेत्रमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने गरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ ।
२. बालेनलाई दोस्रो पटक आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता भावी प्रधानमन्त्रीमा प्रस्तावित गरिएका बालेन शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
३. निर्वाचन क्षेत्रका लेखाजोखा
प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै रातोपाटीले विभिन्न निर्वाचन क्षेत्रमा आधारित रहेर उम्मेदवार, अघिल्ला निर्वाचनको परिणामजस्ता विषय केलाउने गरेको छ । सोही क्रममा सोमबार विभिन्न निर्वाचन क्षेत्रमा आधारित समाचार तयार पारिएको छ ।
४. समानुपातिक सूचीबाट ७६ जनाको नाम हटाइयो
प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट समानुपातिक बन्दसूचीमा यसअघि समावेश गरिएका ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । सोमबार आयोगले सूचनामार्फत यसबारे जानकारी दिएको हो ।
५. जीतपुर सिमरामा नदीजन्य पदार्थ तस्करी भयावह
प्रहरी, प्रशासन, जनप्रतिनिधि तथा पार्टीहरू आउँदो चुनावी प्रचारप्रसार तथा त्यसको तयारीमा व्यस्त छन् । जसको मौका छोप्दै जीतपुर सिमरा उपमहानगरभित्र नदीजन्य पदार्थको चोरी तथा तस्करी बढ्न थालेको छ ।
उपमहानगरले गत वर्ष खोलाको ठेक्का लगाउन सकेको थिएन, चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म पनि सूचना निकालिसक्दा पनि ठेक्का–सम्झौता हुन सकेको छैन । समयमै खोला ठेक्का लगाउन नसक्दा नदीजन्य पदार्थ तस्करी बढ्न थालेको छ भने दुई वर्षदेखि सङ्घ, प्रदेश र पालिकाले करोडौँ रुपैयाँ राजस्वसमेत गुमाउनुपरेको छ ।
६. राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको आर्थिक र वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कमा आधारित रहेर देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । यस क्रममा देशको समग्र आर्थिक सूचक सन्तोषजनक देखिएको राष्ट्र बैंकले जनाएको छ ।
७. जीतेन्द्रनारायण देवले छाडे एमाले
नेकपा एमालेका नेता जीतेन्द्रनारायण देवले सो पार्टी छाडेको घोषणा गरेका छन् । सोमबार उनले एमालेले जेनजी आन्दोलनलाई नबुझेको र सच्चिनुको साटो विदेशी षडयन्त्रमात्र देखेको भन्दै पार्टी छाड्नु परेको कारण खुलाएका हुन् ।
८. रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटलाई अग्राधिकार
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध परेको रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइको लागि पेसी तोकेको छ ।
९. रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा भएन सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सोमबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । उक्त रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेको थियो ।
१०. केपी ओली लगायतको नाम दुरुपयोग गर्ने अमेरिकी नागरिक पक्राउ
अध्यागमन विभागले केपी ओलीसहित राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम उल्लेख गरी पहिचान दुरुपयोग गर्ने कार्यमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
११. सुनको मूल्य घट्ने क्रम जारी
आइतबार उच्च परिमाणमा घटेको सुनको मूल्यमा सोमबार पनि गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन
-
महिला नेतृत्वलाई निर्णायक तहमा पुर्याउन जोड
-
मालीमा विद्रोही जिहादी समूहको आक्रमणमा कम्तीमा ५० सैनिकको मृत्यु
-
एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै
-
अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण