१० बजे १० समाचार : सरकारसँग भिडन्तकाे संकेत, रक्षात्मक अवस्थामा बालेन
आज २०८२ असोज २३ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- सरकार र एमाले आमने–सामने, भिडन्तको संकेत !
नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने तथा भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने लगायतका निर्णयहरू गरेको छ ।
- शीर्ष नेताहरूको सुरक्षाकर्मी फिर्ता
सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ ।
- शीतल निवासमा प्रधानमन्त्री र दुई मन्त्रीको ४५ मिनेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र दुई मन्त्रीले भेट गरेका छन् ।
- कांग्रेस बैठक
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पदाधिकारी बैठकमा कार्यवाहक सभापति बनाएर महाधिवेशन जाने विषय नउठेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले कार्यवाहक सभापति बनाउने विषय बैठकमा नउठेको बताएका हुन् ।
- गुण्डुमा ओलीकाे गर्जन
अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।
- रक्षात्मक अवस्थामा बालेन शाह
काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह पछिल्लो समय रक्षात्मक अवस्थामा पुगेका छन् ।
- डिम्ब भण्डारण प्रविधिले पूरा गर्छ ढिलो उमेरमा आमा बन्ने सपना
पछिल्लो समय विश्वभर बाँझोपनको समस्या बढिरहेको छ । १५–२० वर्षयता यो समस्या दोब्बरले बढेको चिकित्सकहरू बताउँछन् । जीवनशैलीमा आएको परिवर्तन र करिअर केन्द्रित हुने प्रवृत्ति यसको मुख्य जिम्मेवार मानिएको छ । बढ्दो स्वास्थ्य सचेतनाले पनि बाँझोपनको पहिचान भइरहेको छ ।
- पाँच सयभन्दा बढी गाडी जलेको प्रहरीले कसरी दिँदै छ सुरक्षा ?
आन्तरिक प्रवेदनअनुसार प्रहरीले शान्ति सुरक्षाका लागि प्रयोग गर्दै आएको ५ सय ५१ वटा गाडी प्रदर्शनकारीले आगजनी गरेका छन् । तत्काल घटनास्थलमा पुग्न प्रयोग गरिने ३१९ वटा मोटरसाइकल जलेका छन् । अर्थात् ४ सय ९४ सवारीसाधनमा पूर्ण क्षति पुगेको छ भने ५७ वटामा आंशिक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण