शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्तो छन् आजका प्रमुख समाचार

शुक्रबार, १६ माघ २०८२, ०० : ०१
शुक्रबार, १६ माघ २०८२

सारांश

  • रवि लामिछानेको मुद्दा यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ।
  • नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरिरहेको छ।
  • नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. रविको विषयमा आदेश

रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्नेसम्बन्धी निवेदन यथास्थितिमा राख्न आदेश दिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले लामिछानेको मुद्दा फिर्ताको निवेदनविरुद्ध सर्वोच्चमा परेको रिटको अन्तिम किनारा नलागेसम्म निवेदन यथास्थितिमा राख्न आदेश दिएको हो ।

२. कांग्रेस घोषणापत्रको तयारी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र बनाउन व्यस्त छ ।  यद्यपि सभापति थापा आफू उम्मेदवार बनेको क्षेत्र सर्लाही–४ मा पुगेकाले अहिले घोषणा पत्र लेखनको संयोजन उनका विश्वासपात्र प्रताप पौडेलले गरिरहेका छन् ।

३. चुनावी चर्चा

चुनावी चर्चा अन्तरगत रातोपाटीले बिहीबार विभिन्न निर्वाचन क्षेत्रको चुनावी विशेषण प्रकाशित गरेको छ ।

४.  सुदनलाई थ्रेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको हो ।

५.आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएको हो ।
प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरेको गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिएको बताए ।

६. रेशमको मुद्दा

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ ।

७. मन्त्रिपरिषद्को निर्णय

सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको बताए ।

८. सेयर

सेयर बजार परिसूचक (नेप्से) १७.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो ।

९. फिल्म

केही दिन लगातार सार्वजनिक बिदा पर्नासाथ निर्माता/ निर्देशकहरू आफ्नो फिल्म प्रदर्शनका लागि तँछाडमछाड गर्ने प्रचलन नेपाली फिल्म क्षेत्रमा नयाँ होइन । कहिलेकाहीँ प्रतिस्पर्धा यति तीव्र हुन्छ कि एउटै मितिमा चार–पाँच वटासम्म फिल्म भिड्छन् ।

आगामी फागुन १ गते पनि नेपाली बक्सअफिसमा एउटा ‘महायुद्ध’ हुने देखिएको छ । यो दिन ‘लालीबजार’, ‘शिवांश’, ‘बिगुल’ र ‘श्री बुकुरो’ प्रदर्शनको तयारीमा छन् ।

१०. सुनको रेकर्ड

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो ।

११. गोलार्द्ध

अमेरिका केही दिनभित्रै इरानमाथि आक्रमण गर्न तयार देखिन्छ। सम्भावित निसानाहरू धेरै हदसम्म अनुमान गर्न सकिए पनि, यसको नतिजा भने अनिश्चित छ।

तसर्थ, यदि अन्तिम समयमा तेहरानसँग कुनै सम्झौता हुन सकेन र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई आक्रमणको आदेश दिए भने, कस्ता परिणामहरू आउन सक्छन् ?

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप