बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: फेरि एकपटक अग्निपरीक्षा नेकपा, लिगविहीन नेपाली फुटबल

आइतबार, १८ माघ २०८२, ०० : ०१
आइतबार, १८ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले चुनावको लागि केन्द्रीय परिचालन समिति र सदस्यहरूलाई देशभर परिचालन गर्ने निर्णय गरेको छ।
  • काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको घरमा चोरी भएको छ।
  • पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी भक्तजनलाई छायाँ दर्शन गराइएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. फेरि एकपटक अग्निपरीक्षा

२०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन निरंकुश पञ्चायती सरकारले दलहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको थियो । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले गरेको जनआन्दोलनको बलमा २०४६ साल चैत २६ गते बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो । 

२. कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने

आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।

३.  चुनावी चर्चा 

संसदीय अभ्यासमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका कोशी प्रदेशका धेरै प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पार्टीका शीर्ष पदाधिकारीहरू यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् । 

४.  संसद् पुनर्स्थापनाको मुद्दाबारे फैसला गर्न ओलीको माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्र्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन् । 

५. बालेनको घरमा चोरी

रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

६.इन्धनको मूल्य बढ्यो 

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो ।

७. नियमित हुन सकेन सर्वोच्च घरेलु प्रतियोगिता

नेपाली फुटबलको सर्वोच्च घरेलु प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो तीन वर्षदेखि नियमित हुन सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन, आर्थिक संकट, आन्तरिक विवाद र संरचनागत समस्याका कारण लिग अनिश्चित बन्दै गएको हो ।

८. शनिबार विशेष 

९. फोटो फिचर 

१०. विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’

पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ ।

११. तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेको हो ।

१२. बारा–३: एमाले र कांग्रेसभित्र अन्तरकलह

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा–३ मा नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वमन्त्रीलाई उम्मेदवार बनाएका छन् ।
सो निर्वाचन क्षेत्रमा कांग्रेसबाट ७१ वर्षीय ज्येष्ठ नागरिक फरमुल्ला मन्सुर र एमालेबाट निवर्तमान संघीय सांसद ज्वालाकुमारी साह उम्मेदवार छन् । मन्सुर कांग्रेसका सहमहामन्त्री तथा गगन थापा समूहका हुन् भने साह एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ पात्र हुन् । केन्द्रीय पार्टी पङ्क्तिमा पहुँच भएका यी दुवै नेताहरूको जिल्ला तहमा भने पार्टीभित्र ठुलो अन्तरकलह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप