मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: सडक विभागमा चरम बेथिति, गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धनको गृहकार्य

बिहीबार, ०७ जेठ २०८३, ०० : ००
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • महालेखापरीक्षकको प्रतिवेदनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चरम लापरबाही, आर्थिक अनुशासनहीनता र व्यवस्थापकीय कमजोरी रहेको खुलासा गरेको छ ।
  • नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा विपक्षी नेकपालाई पनि सहभागी गराउने सङ्केत दिएका छन् ।
  • सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा विचाराधीन वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य हुने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।

१. सडक विभागमा चरम बेथिति 

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत आयोजनाहरूमा चरम लापरबाही, आर्थिक अनुशासनहीनता र व्यवस्थापकीय कमजोरी रहेको खुलासा गरेको छ ।

२. गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धनको गृहकार्य

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि सहभागी गराउने सङ्केत दिएका छन्।

३. संविधान संशोधन बहस 

संविधान संशोधनका लागि सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले प्रस्ताव गरेको एजेन्डालाई लिएर विपक्षी दलहरू सशंकित देखिएका छन् ।

४. न्यायालयको अन्यौल टर्‍यो

लामो समयको अन्योल र आन्तरिक खिचातानीपछि सर्वोच्च अदालतको वातावरण बुधबारदेखि शान्त र सहज बनेको छ।

५. संसद् बैठक 

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबिच पटक–पटक नोकझोक चल्यो ।

६. कांग्रेसमा कचिङ्गल

नेपाली कांग्रेसमा गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समिति र सभापतिको असहमतिबिच भएको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेपछि सुरु भएको विवाद सुल्झिन सकेको छैन।

७. अदालत

सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ।

८. ‘ग्रे लिस्ट’बाट बाहिरिन नेपालको कसरत

एसिया प्यासिफिक ग्रुप (एपीजी)को अन्तर्राष्ट्रिय सहयोग समीक्षा समूह (आईसीआरजी)को उच्चस्तरीय प्रतिनिधिमण्डल यतिबेला काठमाडौँमा छ।

 ९. कर्णालीमा बालविवाह भयावह 

कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । नेपालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहे पनि कर्णाली प्रदेशमा त्यसको खासै प्रभाव परेको देखिएको छैन।

१०. ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले व्यवसायी त्रसित छन्’ 

मल्लसँग सरकारले ल्याएको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, निजी क्षेत्रको खस्केको मनोबल र अर्थतन्त्र सुधारका सम्भावनाका विषयमा केन्द्रित रहेर रातोपाटीको ‘बिजनेस टक’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न–सुन्न सकिन्छ) ः   

११. टक फर्वार्ड

१२. खेलकुद

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप