१२ बजे १२ समाचार: देउवा दम्पतीको राहदानीबारे छानबिन सुरु, पार्टी एकता गर्न समाजवादीमा वार्ता टोली गठन
सारांश
- शेरबहादुर देउवा दम्पतीको राहदानीबारे छानबिन सुरु भएको छ।
- माओवादी केन्द्रको बैठकले प्रचण्डलाई संयोजकमा चयन गरेको छ, र पार्टीका सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको छ।
- दसैँ बिदामा घुम्न जाने र नयाँ पार्टीको नेतृत्व कस्ले गर्ने भन्ने बारे चर्चा सुरु भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. देउवा दम्पतीको राहदानीबारे छानबिन सुरु
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ।
२. दसैँ बिदामा घुम्न कहाँ जाने ?
यद्यपि नेपालमै राम्रा गन्तव्यहरू छन्, जहाँ कम खर्चमा घुमघाम गर्न सकिन्छ । दसैँ बिदामा घुम्न जाने योजना बनाउनेहरूका लागि रातोपाटीले पर्यटन विज्ञहरूसँगको कुराकानीका आधारमा १० उत्कृष्ट गन्तव्य तयार पारेको छ । बदलिँदो मौसम, खर्च, समय र रुचिको आधारमा तयार पारिएका यी गन्तव्य उत्कृष्ट हुन सक्छन् ।
३. पार्टी एकताका लागि वार्ता टोली गठन
नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएका हुन ।
४. प्रचण्डले त्यागे पद
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सकिएको हो ।
बैठक समापनपश्चात् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू अध्यक्ष नरहेको बताए । उनले सञ्चारकर्मीहरूसँग भने,’ केन्द्रीय समिति बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष रहिनँ,संयोजक भए ।’
५. बालेनले गर्लान नयाँ पार्टीको नेतृत्व ?
यस्तोमा नयाँपुस्तालाई समेत समेटेर बन्ने नयाँ पार्टी कस्तो बन्ला र नेतृत्व कसले गर्ला भन्ने चर्चा सुरु भएको छ । जेनजी पुस्ताको सबैभन्दा बढी रोजाइमा परेका व्यक्ति हुन्,काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । किनकि जेनजी आन्दोलनको सुरुवातदेखि अन्तरिम सरकार गठनसम्म उनको भूमिका निकै देखिएको छ । त्यसैले उनले नै नयाँ बन्ने पार्टीको नेतृत्व गर्लान् भन्ने आकलन धेरैले गरिरहेका छन् ।
६. दसैँमा सास्ती
संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौंडा जाने सुमोको नियमित भाडा ६५० रुपैयाँ हो । तर अहिले एक हजार रुपैयाँ भन्दा कममा सुमो चढ्न पाइँदैन ।
शुक्रबार बिहान हेटौँडा जान लागेकी सरिता तामाङले बल्खुमा सुमो ड्राइभरसँग झगडा गरिन् ।
७. कांग्रेसमा नेतृत्व परिवर्तनको बहस
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चर्को रूपमा उठेको छ ।
आन्दोलनका क्रममा २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा सभापति शेरबहादुर देउवा र उनकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि कुटपिट भएको थियो । देउवा दम्पती अहिलेसम्म सैनिक अस्पतालमै उपचारमा छन् ।
८. उपभोक्ता समितिमाथि लगाम
यति हुँदाहुँदै पनि प्रदेश र स्थानीय तहमा उनीहरूको उपस्थिति र राज्यसंयन्त्रमा वर्षौंदेखिको नियन्त्रणका कारण कायम रहेको प्रभावका कारण अहिले पनि परम्परागत राजनीतिक दलको शक्ति त्यति कमजोर भइसकेको छैन । त्यही बलमा यतिबेला उनीहरू जुर्मुराउने प्रयास समेत गर्दैछन् ।
९. जापानिज इन्सेफलाइटिस उच्च जोखिम
तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस ९जेइ० तीव्र रूपमा फैलिएको छ । जेइबाट ०८२ वैशाख यता १५१ जना सङ्क्रमित हुँदा २९ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डाक्टर अभियान गौतमले नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर दुवै बढ्दै गएको बताए ।
१०. सेनाको सुरक्षा घेरामा बसेर संघीय सरकारको निर्णयविरुद्ध स्टाटस !
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई दिन अगाडि आफ्नो आधिकारिक फेसबुक पेजमा लेखे, ‘विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको देशमा कसैको हुकुमी शासन चल्दैन !’
११. कार्यदल गठन
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।
१२. खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण