१२ बजे १२ समाचार: कांग्रेस संस्थापनमा पक्षको ‘एक्सन’ र सरकारलाई प्रसाईंको चेतावनी
सारांश
- कांग्रेसमा विशेष महाधिवेशनको माग गर्नेमाथि संस्थापन पक्षले एक्सन लिने तयारी गरेको छ, र मन्त्रीहरू पद गुमाउने सम्भावना छ।
- दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए सरकारसँगको वार्ता तोड्ने चेतावनी दिएका छन्।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे दुई वटा आयोगमा बयान दिएका छन्, र ओली-प्रचण्डबीच भेटवार्ता भएको छ।
काठमाडौँ । आइतबार दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस संस्थापन पक्षको ‘एक्सन’
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्नेमाथि संस्थापन पक्षले ‘एक्सन’ लिने तयारी थालेको छ । सोही क्रममा प्रदेशका विभिन्न कांग्रेसमन्त्रीले पद गुमाउने भएका छन् । विशेष महाधिवेशनको पक्षमा खुलेका मन्त्रीलाई हटाउने तयारी भएको स्रोत बताउँछ । यसैबिच कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकसमेत बोलाएको छ ।
२. माग सम्बोधन नभए वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना माग सरकारले पूरा नगरे वार्ताको प्रक्रिया भंग गर्ने चेतावनी दिएका छन् ।
३. जेनजी आन्दोलनबारे दुई वटा आयोगमा ओलीको बयान
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे दुई वटा आयोगमा बयान दिएका छन् । उनले राष्ट्रिय मानव अधिकार आयोगको टोली र जाँचबुझ आयोगलाई बयान दिएका हुन् । ओली जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री थिए ।
४. ओली–प्रचण्ड भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबिच आइतबार भेटवार्ता भएको छ ।
५. रास्वपामा बालेन पक्षबाट को–को बन्दैछन् पदाधिकारी ?
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहसहित २६ जनालाई केन्द्रीय समितिमा गरिएको मनोनयन अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनाको मनोनयन अनुमोदन गर्नुका साथै पदाधिकारी थप्ने निर्णयसमेत गरेको छ । थपिने पदाधिकारीमा अधिकांश बालेन पक्षका रहनेछन् ।
६. विद्युतीय गाडी सम्बन्धी नयाँ मापदण्ड कहाँ अड्कियो ?
नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्डको मस्यौदा तयार पारेको १० महिना पुगिसक्यो । मापदण्ड बनाउने समितिको नेतृत्व विभागको सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन तथा मापदण्ड शाखाका निर्देशक ई. श्रीकान्त यादवले लिएका थिए, तर उक्त मस्यौदा अहिलेसम्म छलफलका लागि मन्त्रालयमा पुगेको छैन ।
७. नक्कली नोट
बौद्ध चुच्चेपाटी स्थित लिनिङ स्टोरमा सिन्धुपाल्चोक घर भएका दावा नोर्बु शेर्पाले एकजोर जुत्ता र मोजा खरिद गरे । जुत्ता मोजाको मूल्य १४ हजार ५ सय भयो भनेर पसलेले भनेपछि उनले हजारका १५ थान नोट दिए । पुस १२ मा जुत्ता पसलबाट ५ सय फिर्ता लिएर दावा नोर्बु त्यहाँबाट हिँडे ।
स्टोर सञ्चालकले जुत्ता बेचेको नोट अन्य नोटभन्दा फरक लागेर टिकटकमा भिडियो पोस्ट गरे । भिडियोमा उनले भनेका छन्, ‘जुत्ता किन्न आएका ग्राहकले नक्कली नोट दिएर ठगे ।’ प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना प्रहरी अधिकृतले सो भिडियो देखेपछि त्यसबारे प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकालाई जानकारी गराए ।
८. एमालेका शीर्ष नेता कहाँबाट लड्दैछन् चुनाव ?
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ । आइतबारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायत नेताहरू उम्मेदवारका रूपमा सिफारिस भइसकेका छन् ।
९. चार दशक अघिको जग्गा समस्या समाधान उन्मुख
चार दशकभन्दा अघिदेखिको जग्गा समस्या समाधान उन्मुख देखिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको महारानी झोडा जग्गाको स्वामित्व हासिल गरेका जग्गाधनीको नक्सा अनुसारको लालपुर्जा प्राप्तिको बाटो खुला भएको हो ।
१०. दश जना उपसचिवको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।
११. सुमो दुर्घटनामा ६ जनाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
१२. मधेसमा रास्वपालाई कति छ गाह्रो ?
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र उज्यालो नेपाल पार्टीसहित कुलमान घिसिङसमेत समाहित भएपछि वैकल्पिक राजनीतिक धार बलियो भएको भन्दै चर्चा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण