१२ बजे १२ समाचार: बागमतीमा सभामुख भागबन्डाको किचलो, महामन्त्रीद्वयसँग वार्ता गर्न तयार छैनन् देउवा र खड्का
सारांश
- कोशी प्रदेश सरकार पुनर्गठनको तयारी हुँदैछ, जसमा सबै मन्त्री फेरिँदैछन्।
- प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिटमा अदालतले मिसिल झिकाउन आदेश दिएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा रवि लामिछाने उत्साहित देखिए, र उनले आगामी बजेट लेख्न सुरु गर्न आग्रह गरे।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. कोशीमा सबै मन्त्री फेर्ने तयारी
कोशी सरकार पुनर्गठनको तयारी भइरहेको छ । सरकारका सबै मन्त्रीलाई हटाएर तिनको ठाउँमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी भएको हो ।
२. हर्क–रवि भिड्दा कोशीमा पुराना दललाई हाइ सन्चो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन शाहदेखि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसमेत प्रवेश गरिसकेका छन् । उनीहरूको मिलनले केन्द्रीय राजनीतिमा तहल्का मच्चाउँदा कोशी प्रदेशमा भने हर्क साम्पाङको क्रेज छुट्टै छ ।
३. प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिटमा मिसिल झिकाउन आदेश
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिटमा अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दाको मिसिल फाइल झिकाउने आदेश भएको छ ।
४. बृहत् एकता समायोजन कार्यक्रममा उत्साहित देखिए रवि
राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राजधानीमा बृहत् एकता समायोजन कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सो पार्टीका सभापति रवि लामिछाने निकै उत्साहित देखिए ।
५. प्रमुख तीन दलबिच तालमेलको गृहकार्य
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन राजनीतिक दलबिच तालमेलको गृहकार्य अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेलको तयारी भएको हो ।
६. महामन्त्रीद्वयसँग वार्ता गर्न तयार छैनन् देउवा र खड्का
विशेष महाधिवेशनको माग गर्दै आएका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का वार्ता गर्ने मुडमा देखिएका छैनन् ।
७. मोरङ–२
प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलका उम्मेदवार सिफारिस सूचीले यस क्षेत्रको राजनीतिक समीकरण नयाँ मोडतर्फ उन्मुख भएको सङ्केत गरेको छ ।
८. सभामुख भागबन्डाको किचलोले संसद् बैठक अनिश्चित
बागमती प्रदेशमा सत्तारुढ दलहरूबिच सभामुख पदको भागबन्डा नमिल्दा प्रदेशसभाको बैठक आह्वान अनिश्चित बनेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सभामुख कसले लिने भन्ने विषयमा कुरा नमिल्दा संसद्को हिउँदे अघिवेशन निरन्तर धकेलिएको हो ।
९. दिल्ली पुगेर प्रचण्डले भने– संसद् विघटन गर्ने सहमति भएको थिएन
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी विद्रोहपछि प्रतिनिधि सभा विघटनको विषयमा सहमति नभएको र आफूहरूको समर्थन नरहेको बताएका छन् । दिल्ली पुगेका उनले अन्तरिम सरकार गठनका विषयमा मात्र आफूहरूले सहजीकरण गरेको जिकिर गरे ।
१०. वीरगञ्जमा कफ्र्यु
पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कफ्र्यु लगाइएको हो ।
११. ओलीसहित सबैको स्थानहद फुकुवा
जेनजी विद्रोहसँग सम्बन्धित भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबैजसो जिम्मेवार पदाधिकारीको स्थानहद फुकुवा गरेको छ ।
१२. एन्फा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण