गगनलाई अन्तरिम सभापति बनाउने बाटोमा विशेष महाधिवेशन, वार्ता गर्न देउवा तयार
आज २०८२ पुस २८ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा गगनलाई अन्तरिम सभापति बनाउने बाटोमा विशेष महाधिवेशन, महामन्त्रीद्वयसँग वार्ता गर्न देउवा तयार, समानुपातिकतर्फ बन्दसूची बुझाउन नपाए कुलमान अदालत जाने, प्रतिनिधि सभा सदस्यमा ओलीसँग भिड्ने बालेनको तयारी, जनमत पार्टीका २० जनाले समानुपातिकबाट फिर्ता लिए नाम, रेशम–रञ्जिता विवादले नाउपा संकटमा पर्दा रास्वपालाई फाइदा लगायत छन् ।
१. गगनलाई अन्तरिम सभापति बनाउने बाटोमा विशेष महाधिवेशन
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आयोजित विशेष महाधिवेशन अन्तरिम नेतृत्व चयन गर्ने दिशामा उन्मुख भएको छ । विशेष महाधिवेशनबाट गगन थापालाई अन्तरिम सभापति बनाउने तयारी भएको हो ।
२. महामन्त्रीद्वयसँग वार्ता गर्न देउवा तयार
नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको दिशामा अघि बढेसँगै पार्टी सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ताका लागि तयार भएका छन् । सोमबार आफू निकटका नेताहरूसँगको छलफलमा देउवाले लचकता देखाएका हुन् । यसैबिच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि आह्वान गरिएको छ ।
३. समानुपातिकतर्फ बन्दसूची बुझाउन नपाए कुलमान अदालत जाने
रास्वपासँगको एकता भङ्ग भएपछि कुलमान घिसिङ आफ्नै दल ‘उज्यालो नेपाल पार्टी’का तर्फबाट समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पहल गरिरहेका छन् । आयोगले बन्दसूची बुझ्न अस्वीकार गरेमा अदालतसम्म जाने तयारी भइरहेको सो पार्टीका नेता बताउँछन् ।
४. प्रतिनिधि सभा सदस्यमा ओलीसँग भिड्ने बालेनको तयारी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्यमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धाको तयारी गरेका छन् । ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाबाट बालेन शाह उम्मेदवार बन्ने चर्चा चलेको छ ।
५. जनमत पार्टीका २० जनाले समानुपातिकबाट फिर्ता लिए नाम
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट खसआर्य क्लस्टरका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेहरूले पार्टी उपाध्यक्ष बसन्त कुशवाहाले रकम लेनदेन गरेर समानुपातिक सूचीमा मान्छेको नाम राखेको आरोप लगाएका छन् ।
६. रेशम–रञ्जिता विवादले नाउपा संकटमा पर्दा रास्वपालाई फाइदा
नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले नेताहरू छिन्नभिन्न हुन थालेका छन् भने त्यसको फाइदा रास्वपाले लिन थालेको छ ।
७. दुई समूहलाई पार्टीमा भित्र्याउन प्रचण्डले गरे सहमति
मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूहलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा भित्र्याउन प्रचण्डले क्रमशः २ र ५ बुँदे सहमति गरेका छन् ।
८. गण्डकीमा १२ सिट जित्ने रास्वपाको आकलन
प्रतिनिधि सभाको आसन्न निर्वाचनमा रास्वपाले गण्डकी प्रदेशमा १२ सिट जित्ने आकलन गरेको छ । सो पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा छ ।
९. नेप्से रुपान्तरणको नयाँ खाका पेस
नेपाल स्टक एक्सचेन्ज पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छैन । यद्यपि, यसमा नेप्सेको पुनर्संरचना गर्दा हुने पुँजी, प्रविधि, स्वामित्व संरचना लगायतका विषय समेटिएको समितिका विज्ञ सदस्य निरज गिरीले जानकारी दिए ।
१०. मधेस सरकारको गति सुस्त
मधेस प्रदेशमा नयाँ सरकार गठन भएको डेढ महिना पुग्न लागेको छ । नयाँ सरकारका काम–कारबाहीको मूल्याङ्कन गर्ने समय भइनसके पनि सरकार परिवर्तनका शृङ्खलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण