शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : चुनावका लागि कांग्रेसको केन्द्रीय संयन्त्र परिचालन, संसद् पुनर्स्थापनाबारे फैसला गर्न एमालेको माग

शनिबार, १७ माघ २०८२, २२ : ००
शनिबार, १७ माघ २०८२

सारांश

  • कांग्रेसले आगामी चुनावको लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको मुद्दामा छिटो फैसलाको माग गरेका छन्।
  • बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको छ, भने इन्धनको मूल्य बढेको छ।

काठमाडौँ । आज मिति २०८२ साल माघ महिनाको १७ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर आएका छौँ–

१. कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।

२. संसद् पुनर्स्थापनाको मुद्दाबारे फैसला गर्न ओलीको माग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन् । 

३. चुनावी चर्चा 
संसदीय अभ्यासमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका कोशी प्रदेशका धेरै प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पार्टीका शीर्ष पदाधिकारीहरू यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् । 

४. बालेनको घरमा चोरी
रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

५.शनिबार विशेष 

६.इन्धनको मूल्य बढ्यो 
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो ।

७. फोटो फिचर 

८. नियमित हुन सकेन सर्वोच्च घरेलु प्रतियोगिता
नेपाली फुटबलको सर्वोच्च घरेलु प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो तीन वर्षदेखि नियमित हुन सकेको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोर व्यवस्थापन, आर्थिक संकट, आन्तरिक विवाद र संरचनागत समस्याका कारण लिग अनिश्चित बन्दै गएको हो ।

९.  विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ ।

१०. तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ । एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप