मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: रास्वपा जिल्ला कुटपिट, कोशी रिफ्रेसमेन्ट सेन्टरमा भ्रष्टाचारको गन्ध !

आइतबार, १० जेठ २०८३, ०० : ००
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको छाया सर्वोच्च अदालतमा पर्न थालेको छ ।
  • कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजनामा भ्रष्टाचारको आशंका गरिएको छ ।

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । 

१. न्यायालयमा सरकारको छाया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको छाया सर्वोच्च अदालतमा पर्न थालेको छ, जसले न्याय सम्पादनमा सङ्कट निम्त्याउन सक्ने देखिएको छ ।

२. नेपाली कांग्रेस

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

३. ओली परे अल्पमतमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित उपमहासचिव योगेश भट्टराई लगायतका थप पदाधिकारी खुलेपछि उनी अल्पमतमा परेका हुन् ।

४. अदालतको आदेशमाथि कांग्रेसको प्रश्न

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा भएको पछिल्लो निर्णय र सरकारी कदममाथि प्रश्न उठाएका छन्। 

५. रिफ्रेसमेन्ट सेन्टरमा भ्रष्टाचारको गन्ध

कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना सुरुमा २ लाखको अवधारणाबाट बढेर २ अर्बको परियोजना बनेको छ।  सरकारले बजेट अभाव र अन्य कारण देखाउँदै आयोजनाबाट हात झिकेको छ र यसमा भ्रष्टाचारको आशंका गरिएको छ ।

६. व्यापार  

नेपालले १० महिनाको अवधिमा १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको चिज आयात गरेको छ ।

७. जसपा नेपालद्वारा चुनावी हारको समीक्षा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा गरिएको छ ।

८. रास्वपा जिल्ला भेलामा कुटपिट 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लास्तरीय विस्तारित बैठकमा झडपको अवस्था सिर्जना हुदाँ तीन जना घाइते भएका छन् । 

९. ११ लाख लुट्ने योजना प्रहरीले पारिदियो असफल

रुकुम पश्चिमा ११ लाख लुट्ने गाडी चालकको योजना प्रहरीले असफल पारिदिएको छ ।

१०. विराटनगरका ७८ प्रतिशत महिलाको घरधन्दामै बित्छ जीवन

 कोशी प्रदेशको राजधानी तथा औद्योगिक सहर विराटनगरका अधिकांश महिला अझै पनि आर्थिक रूपमा परनिर्भर रहेको र घरायसी काममै सीमित भएको एक अध्ययनले देखाएको छ ।

विराटनगर महानगरपालिकाको पहल र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणले सहरका महिलाहरूको अवस्थाबारे गम्भीर र चिन्ताजनक तथ्याङ्क सार्वजनिक गरेको हो ।

११. शनिबार विशेष

११. आईपीएल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप