राजु साह्रै मिहनेती र इमानदार केटो थियो । ऊसँग भौतिक सम्पत्ति त खासै थिएन । गरिबीमै जन्म्यो, गरिबीमै हुर्क्यो । बाबु असमयमै बितेकाले पढाइ लेखाइमा पनि खासै ध्यान दिन पाएन । घर खर्च जुटाउन आमासँगै
सङ्गतिमा ठुलो तागत छ । संसार बनाएको पनि यसैले हो, चलाएको पनि यसैले हो । सङ्गति नमिल्दासम्म हरेक चीज छरिएर रहेको हुन्छ । केही पनि बन्दैन, केही पनि हुँदैन ।...
धेरै पहिले एउटा सहरमा एक सज्जन चिकित्सक दम्पती बस्थे । पति मेडिसिन विशेषज्ञ थिए पत्नी स्त्रीरोग विशेषज्ञ । उनीहरूको राम्रै चलेको अस्पताल थियो । धन सम्पत्तिको कमी थिएन । कमी...
‘यो हत्या र हिंसा भनेको के हो बाबा !’ बालक छोरो अबोधले बाबु सुबोधसँग सोध्यो । ‘हत्या भनेको काट्नु र मार्नु हो भने हिँसाको अर्थ धेरै हुन्छन् बाबु !’ सुबोधले...
नेपाली साङ्गितिक आकाशका उज्वल नक्षत्र कालीप्रसाद शर्मा सङ्गीतक पारखी पाठकहरूका निम्ति चिरपरिचित नाम हो । एक दशकभन्दा बढी रेडियो नेपालमा वाद्य प्रबन्धकको रूपमा रहेर नेपाली साङ्गितिक क्षेत्रको विकासमा यथेष्ट...
स्थान- कुनै सामुदायिक विद्यालयको आँगन समय- अपराह्न तीन बजे पात्रहरू भगवान् विष्णु- तीनै लोकका पालन कर्ता भगवान् बाबुआमा- विरामी वृद्ध दम्पती अन्नाजी वर्ष पचास पुण्डरिक- बाबुआमाका भक्त बालक वर्ष दश ...
१, नेपालको ७७ जिल्लामध्ये कतिवटा जिल्लामा कारागार निर्माण गरिएको छैन ? (क) दुई (ख) तीन (ग) चार (घ) पाँच २, चर्चित पुस्तक ‘कोरोना कैरन’ का लेखक को हुन्...
प्रकृतिमा द्वन्द्व छ, प्राकृतिक क्रियाकलापमा द्वन्द्व छ । यो उसको गुण पनि हो, दोष पनि हो, धर्म पनि हो, विकासको आधार पनि हो । यो विना प्रकृतिले मूर्तरूप पाउन सक्दैन,...
मानिस सामाजिक प्राणी हो । समाजमा प्रतिष्ठित हुन पाइयोस्, धनी, मानी र सम्मानित भएर बाँच्न पाइयोस्, अरूले प्रशंसा गरून्, सबैको उदाहरणीय बनेर बस्न पाइयोस् भन्ने चाहना सबैमा हुन्छ । तर,...
संसारमा प्रायः के देखिन्छ भने बढी अरूको कुरा काट्ने नै हुन्छन् । उनीहरू यो यस्तो र ऊ त्यस्तो, यसले यसो गर्यो र उसले त्यसो गर्यो वा भन्यो भन्न रुचाउँछन् ।...
धेरै समयअघि कुनै समयमा एउटा सहरमा नामुद धनाढ्य बस्थे । उनले कति सम्पत्ति कमाएका थिए भने त्यसको हिसाब किताब राख्नै हम्मे पथ्र्यो । तीन चारवटा महल थिए । दस बीसवटा...
गीताले अन्नलाई जीवनको आधार भनेको छ भने उपनिषद् ब्रह्म र पौराणिक ग्रन्थहरूले प्राणको संज्ञा दिएको छ । जीवन बनाउने पनि अन्नले हो बचाउने पनि अन्नले हो । सायद त्यसै भएर...
संसारमा अध्यात्मवादको कुरा गर्ने पनि छन्, भौतिकवादको कुरा गर्ने पनि छन् । द्वन्द्वात्मक भौतिकवाद भन्ने पनि छन्, द्वन्द्वात्मक आध्यात्मिकवाद भन्ने पनि छन् । अध्यात्मवादीहरू चेतनलाई महत्व दिन्छन् । चेतन ठूलो...
अघि कुनै बेला भारतवर्षमा शेख चिल्ली नामका मानिस थिए । यो छुट्टै कुरा हो कि पछि गएर उनी ठूलै विद्वान् बने तर बाल्यकालमा भने उनको स्वभाव निकै विचित्रको थियो ।...
संसार श्रद्धा र विश्वासमा टिकेको छ । जीवनमा यसले विशेष महत्व राख्छ । श्रद्धा र विश्वास विना कुनै पनि काम गर्न सकिन्न । श्रद्धा र विश्वास भए जतिसुकै ठूलो काममा...
आलश्य जीवनको ठूलो शत्रु हो । यस्ता मानिसले कहिल्यै प्रगति गर्न सक्दैन । सदैव अरूले गरिदेला र खाउँला भन्ने सोचमा रहने भएकाले उसका लागि कुनै बेला यस्तो दिन पनि आउन...
स्थान:– सामुदायिक विद्यालयको कक्षा कोठा समय:– अपराह्न तीन बजे पात्रहरू शिक्षिका:– नैतिक शिक्षा पढाउने शिक्षिका वर्ष ४० अनामिका:– कक्षा सातका छात्रा वर्ष १३ विपीन:– कक्षा सातका छात्र वर्ष १३ अपर्णा:–...
प्रायः हामी भएन र पुगेन भन्छौँ तर किन भएन र पुगेन भन्नेतर्फ भने ध्यान दिन भ्याउँदैनौँ । यसले गर्दा हाम्रो जीवन अधुरो र अपुरो हुन पुगिरहेको छ । जीवनमा अभाव...
कतिपय मानिसमा अरूको कमाइमा फुर्ती लाउने बानी हुन्छ । यसैको आडमा कोही म यस्तो र उस्तो भन्ने गर्छन् । कोही यस्तो गर्न सक्छु, त्यस्तो गर्न सक्छु भन्न पुगिरहेका हुन्छन् तर...
१, द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका हुन् ? (क) वि. संः १६१६ साल भदौ २५ गते (ख) वि. सं. १६१७ साल भदौ २५ गते (ग) वि. सं....
स्थान– महर्षि व्यासको आश्रम समय– बिहान पात्रहरू– महर्षि व्यास (वेद विभाग कर्ता तथा पौराणिक ग्रन्थ रचना गर्ने ऋषि) र देवर्षि नारद (एक स्थानको सन्देश अर्को स्थानमा पु¥याएर समाजको...
प्रायः सबै अभिभावक बालबालिकाले राम्रोसँग पढेर विद्वान् बनुन्, सुयोग्य नागरिक बनेर देशको सेवा गरुन् र देश विदेशमा नाम कमाउन सकुन् भन्ने चाहन्छन् । भाइबहिनीहरूका अभिभावकका चाहना पनि त्यस्तै हुन सक्छन्...
केही गर्छु भन्ने दृढ सङ्कल्प भए संसारमा असम्भव भन्ने केही पनि हुँदैन । हालसम्म मानिसले जेजति उन्नति र प्रगति गरेका छन् त्यसको मूल कारण यही सङ्कल्प शक्ति नै हो ।...
प्रायः हामी दुःख पाइयो त भन्छौँ तर दुःख किन पाइयो त्यतातिर भने ध्यान दिँदैनौँ, जसले गर्दा त्यही नै दुःखका कारण बनाइरहेका हुन्छन् । वेदान्तमा एउटा सूत्र छ– ‘मन एव मनुष्याणां...
जीवनमा एक्लो छु, असहाय छु, केही पनि गर्न सक्दिन भन्न थाले वास्तवमै केही पनि गर्न सकिन्न तर एक्लो छैन, गर्न सक्छु, साथमा कोही छन् नभए पनि भगवान् त पक्कै छन् ...
१, नेपाली भाषाको उत्पत्तिस्थल भनेर चिनिने स्थानको नाम कुन हो ? (क) सिञ्जा उपत्यका (ख) दाङ उपत्यका (ग) काठमाडौँ उपत्यका (घ) पोखरा उपत्यका २, नेपालको प्रसिद्ध तीर्थस्थल देवीघाट कुन जिल्लामा...
उपकारको फल उसैलाई प्राप्त हुन्छ, जसले गरेको छ । थाहा छैन कहिले हुन्छ, तत्कालै हुन पनि सक्छ निकैपछि हुन पनि सक्छ । हुन सक्छ अर्को जन्मसम्म पनि कुर्नुपर्ने हुन सक्छ...
गुरुले सायद गुत्थी फुकाउँछ क्यारे ! अर्थात् गुरुले गाँठो फुकाउँछ क्यारे ! त्यो समस्याको गुत्थी या गाँठो हुनसक्छ; त्यसलाई फुकाउँछ र न ऊ गुरु कहलाउँछ । समस्याको समाधान दिन्छ र...
नीतशास्त्र भन्छ कुअन्न खानु हुँदैन, अन्यथा जीवन वार्बाद हुन सक्छ । यसो त अन्न आफैँमा कुअन्न हुँदैन । अन्न भनेको प्राण हो, प्राण कुप्राण हुने प्रश्नै आउन्न तर त्यही अन्न...
प्रायः हामी भन्ने गर्छौँ समस्या ठूलै छ तर त्यो भन्ने कुरा मात्र हो । वास्तवमा समस्या यत्रै हुन्छ भन्ने नै हुँदैन । न उसको स्वरूप यस्तै हो भन्ने हुन्छ, न...
संसारमा सबै प्राणीको कुनै न कुनै विशेषता हुन्छ । विशेषता नभएको प्राणी प्रकृतिको सृष्टिमै छैन, प्रकृतिले सृष्टि गरेकै छैन । त्यसैले कसैले पनि आफ्नो विशेतालाई लिएर घमन्ड गर्नु पनि हुँदैन...
धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना नसरुद्दिन नामका सज्जन थिए । उनको हरेक क्रियाकलाप अनौठा किसिमका हुन्थे । स्वभाव अनौठो थियो व्यवहार उट्पट्याङ । उनको व्यवहार देखेर...
कतिपय मानिस पापको प्रशंसा गर्छन्, जहाँ पाप जहाँ फलिफाप भन्छन् र त्यस्तै काम रुचाउँछन् । उनीहरूले ठानेका हुन्छन् धर्मको बाटो गाह्रो मात्र छैन सितिमिति उन्नति र प्रगतिमा पनि हुँदैन तर...
स्थान– राजा उत्तानपादको वैठक कक्ष समय– बिहान पात्रहरू– उत्तानपाद– पौराणिक राजा करीव ४५ वर्ष सुनीति– उत्तानपादकी जेठी महारानी करीव ४० वर्ष सुरुचि– उत्तानपादकी कान्छी महारानी करीव ३८ वर्ष ध्रुव– उत्तानपादको...
पैसा बचत गर्नु राम्रो हो । कमाइको केही प्रतिशत बचत गर्ने गर्ने बानी बसाउनुपर्छ, जसले परेको बेला काम दिन्छ तर बचत गर्ने तरिका भने मिलाउनुपर्छ । अन्यथा सुखको सट्टा दुःख...
प्रायः हामी कारणलाई प्राथमिकता दिन्छौँ र कारण पत्ता लागेपछि समस्या समाधान गर्न सजिलो हुन्छ भन्ने गर्छौँ । कारण पत्ता लाग्नासाथ समस्याको जड पनि पत्ता लाग्ने भएकाले त्यसैले समस्या समाधानमा सहयोग...
अरूलाई अर्ती र उपदेश दिन सजिलै हुन्छ । यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ, यस्तो गर्नु हुन्न त्यस्तो गर्नु हुन्न भन्यो भइहाल्यो तर जति बेला आफूलाई पर्छ त्यति बेला थाहा हुन्छ कि...
१, नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? (क) माघ एक गते (ख) माघ दुई गते (ग) माघ तीन गते (घ) माघ चार गते २, नेपालमा राष्ट्रिय भूकम्प दिवस कहिले...
स्थान कुनै सामुदायिक विद्यालय समय– अपराह्न तीन बजे पात्रहरू– महादेव– कैलाशवासी भगवान् शिव पार्वती– महादेवकी अर्धाङ्गिनी कुवेर– अलकापुरी निवासी महादेवका भक्त रावण– महादेवका अर्का भक्त वृद्ध सन्यासी– भगवान् विष्णु ...
भनिन्छ बाबु र आमा देवता समान हुन्छन् । उपनिषद् शास्त्रले यही भनेको छ । नीतिशास्त्रले यही भनेको छ । धर्मशास्त्रले यही भनेको छ । धर्मगुरुहरूले यसै भनेका छन् । यसको...
थकाइ सबैलाई लाग्छ । बालकलाई लाग्छ, बालिकालाई लाग्छ, युवकलाई लाग्छ, युवतीलाई लाग्छ । वृद्धवृद्धालाई झन् बढी लाग्छ । काम गरेपछि थकाइ लाग्नु स्वाभाविक हो तर थकाइ लागेपछि गर्ने काम भने...