१२ बजे १२ समाचार: नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, जेनजी आन्दोलनमा १ खर्बको क्षति अनुमान
सारांश
- नारायणगढ-मुग्लिन सडक ५४ घण्टापछि सञ्चालनमा आएको छ।
- सरकारले केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ।
- जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुग्दा १ खर्बको क्षति भएको अनुमान छ।
काठमाडौँ। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. नारायणगढ–मुग्लिन सडक ५४ घण्टापछि सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक ५४ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएको हो ।
२. पासपोर्ट रोक्का गर्ने तयारी
सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।
३. राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । बिहीबार साँझ सिंहदरबारबाट प्रधानमन्त्री कार्कीले सरकार गठनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
४. जेनजी आन्दोलनमा १ खर्बको क्षति अनुमान
जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड हुँदा एक खर्ब रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरु, प्रशासन कार्यालयहरु, स्थानीय तहका कार्यालयहरु लगायत सार्वजनिक सम्पत्तिमाथि आगजनी र तोडफोड भएको थियो ।
५. प्रचण्डको प्रस्तावमा असहमति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा नेताद्धय नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ ले फरक मत अर्थात असहमति जनाएका छन् ।
६. जेनजी आन्दोलन
भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचना पनि क्षतिग्रस्त भए । खासगरी ५ जिल्लामा रहेका सरकारी संरचनामा ठुलो क्षति पुग्यो ।
७. मन्त्रिपरिषद् बैठक निर्णय
अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
८. प्रचण्डको विश्लेषण: देश क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित नयाँ परिस्थितिका कारण साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध पार्टीले राष्ट्रिय आन्दोलनलाई मुख्य राजनीतिक एजेन्डा बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
९. सञ्चालनको खाकाविनै ‘फ्रि–वाईफाई’ को निर्णय, दुई महिनाभित्र होला कार्यान्वयन ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट (फ्रि वाईफाई) सेवा पुर्याउने घोषणा गरे । पहिलो निर्णयको रूपमा मन्त्री खरेलले गरेको उक्त घोषणामा आगामी पाँच महिनाभित्र देशका सात प्रदेशका १० प्रमुख सहरमा यस्तो सेवा विस्तार गर्ने उल्लेख छ ।
१०. नेपालको राजनीति निर्णायक मोडमा
नेपालको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। गत भदौ २३ र २४ गते नयाँ पुस्ताका युवाहरूले आयोजना गरेको जेनजी विद्रोह नेपाली इतिहासमा लोकतान्त्रीकरणको अर्को महत्त्वपूर्ण कडी बनेको छ।
११. भूमि आयोग खारेजीको निर्णयले १ हजार भन्दा बढीको जागिर धरापमा
जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार बनेसँगै अन्योलग्रस्त अवस्थामा पुगेको राष्ट्रिय भूमि आयोग अन्ततः खारेज हुने भएको छ ।
१२. अपराध हुँदा घटनास्थलसम्म जाने गाडीसम्म छैन प्रहरीसँग
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुञ्जेमा असोज ६ मा दुईपक्षको बिचमा झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुञ्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण