आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार

आइतबार, १३ पुस २०८२, ०० : ०३
आइतबार, १३ पुस २०८२

सारांश

  • कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ, र निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरेको छ।
  • विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ, भने निर्वाचनमा जान प्रमुख दलहरू तयार भएका छन्।
  • राति ढिलो खानाले स्वास्थ्य जोखिम बढाउन सक्ने अध्ययन, र सहकारी सञ्चालन इजाजत लिने प्रक्रियामा आकर्षण बढेको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. कांग्रेस बैठक

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । केहि दिनदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।

२. निर्वाचन आयोग

निर्वाचन आयोगले अन्तिम मतदाता सूची प्रकाशित गरेको छ । शनिबार आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो । आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३, ३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् । 

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ।

३. संघर्षका कार्यक्रम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

४. निर्वाचन मन्थन

आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

५. एकताका कुरा 

उज्यालो नेपाल पार्टीले सबैको सहअस्तित्व स्थापित हुने गरी एकताको पक्षमा रहेको जनाएको छ । शनिबार दिउँसो बसेको बैठकबाट पार्टीले आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ ।

शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो । 

६. गोलार्द्ध

सन् २०२४ को विश्वव्यापी थकानबाट २०२५ ले राहत दिनेछ भन्ने आशा गर्ने जो कोही पनि निराश भएका छन्। बितेका १२ महिना अन्तर्राष्ट्रिय सहकार्यका लागि निकै चुनौतीपूर्ण रहे, जहाँ द्वन्द्व र विवादका शक्तिहरू बलियो भए र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको अन्त्य स्पष्ट रूपमा देखिन थाल्यो।

यस वर्षको बर्खाभन्दा पहिले मैले ग्राम्स्कीका कुनै पुस्तक पढेको थिइनँ । आफ्नो ज्ञानको क्षितिज केही फैलाउने लक्ष्यका साथ मैले यो वर्ष उनका पुस्तक पल्टाउने जमर्को गरेँ ।

धेरै वर्षदेखि हामी नोम चोम्स्कीलाई वैश्विक शक्तिको नैतिक कम्पास ठान्दै आयौँ । उनी भाषाविद् एवं दार्शनिक हुन् । त्यसका अलावा उनले ‘प्रोपोगान्डा’ तथा व्यापारिक निगमहरूको नियन्त्रणजस्ता विषयको भन्डाफोर गर्दै आएका छन् ।

७. स्वास्थ्य

‘इन्टरनेसनल जर्नल अफ फुड, न्युट्रिसन एण्ड डाइटेटिक्स’ मा प्रकाशित २०२३ को एक अध्ययनअनुसार राति ढिलो खानाले धेरै गम्भीर स्वास्थ्य जोखिमहरू बढाउन सक्छ, जस्तै– उच्च रक्तचाप, मोटोपना र मुटु रोगको खतरा। अध्ययनका अनुसार, जब हामी लगातार राति ढिलो खाना खान्छौं, तब हाम्रो पाचन प्रक्रिया सुस्त हुन थाल्छ।

छाला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । मौसम परिवर्तन भइरहन्छ तर छालालाई सधैँ एउटै किसिमको मौसम चाहिन्छ । मौसम परिवर्तन हुँदा छालाको बाक्लोपन, हाइड्रेसन तथा बाहिरी तहमा विभिन्न प्रभाव पर्न थाल्छन् ।

एचथ्रीएनटू आक्रामक रूपमा विश्वभर फैलिरहेको छ। फ्लु सिजनमा भाइरस फैलिनुलाई स्वाभाविक मानिए पनि हाल फैलिरहेको एचथ्रीएनटुमा देखिएको व्यापक म्युटेसन (उत्परिवर्तन) ले भने चिन्ता र जिज्ञासा बढाएको छ ।

८. सहकारी सञ्चालन 

सहकारी संस्थाको सञ्चालन इजाजत लिने प्रक्रियामा आकर्षण देखिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेख दर्ता तथा सञ्चालन इजाजतका लागि परेको आवेदनले यस्तो अवस्था देखाएको हो ।

९. गण्डकीमा दलहरूको अवस्था

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशमा ८ देखि १२ सिट प्रत्यक्ष चुनाव जित्ने आन्तरिक आकलन गरेको छ । हालसम्म १० जिल्ला र ५२ पालिकामा संगठन विस्तार गरेको रास्वपाका लागि हिमाली जिल्ला र बढी ग्रामीण भेग भएका निर्वाचन क्षेत्रहरू सबैभन्दा चुनौतीपूर्ण छन् । 

१०. दैलेखमा नेकपाका १२ उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले आगामी फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

‎‎शनिबार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि आकांक्षीहरूको नाम टुङ्ग्याएको हो । ‎जिल्ला कमिटीको बैठकले दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना र क्षेत्र नम्बर २ बाट ७ जना गरी कुल १२ जनाको नाम सिफारिस गरेको हो ।


११. खेलकुद

१२. शनिबार विशेष

रातोपाटी शनिबार विशेष सामग्रीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप