शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
१० बजे १० समाचार

उत्साहजनक सहभागिताका साथ कांग्रेसको विशेष महाधिवेशन उद्घाटन, कसले के भने ?

आइतबार, २७ पुस २०८२, २२ : ०१
आइतबार, २७ पुस २०८२

आज २०८२ पुस २७ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा उत्साहजनक सहभागिताका साथ कांग्रेस विशेष महाधिवेशन उद्घाटन, कांग्रेसको विशेष महाधिवेशनमा कसले के भने ?, महासंकटमा देउवा, रास्वपाको समानुपातिक बन्दसूचीमा झमेला, १२ बुँदे सम्झौतासहित जसपा नेपाल र लोसपा नेपालबिच एकता, राप्रपाले मनायो राष्ट्रिय एकता दिवस लगायत छन् ।

१. उत्साहजनक सहभागिताका साथ कांग्रेसको विशेष महाधिवेशन उद्घाटन
नेपाली कांग्रेसको विशेष महाधिवेशन उत्साहजनक सहभागिताका साथ आइतबार उद्घाटन भएको छ । संस्थापन पक्षको बेवास्ताका बाबजुद विशेष महाधिवेशन आयोजना भएको हो । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान सुरु हुने जनाइएको छ ।

२. कांग्रेसको विशेष महाधिवेशनमा कसले के भने ?
नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न नेताले सम्बोधन गर्दै नीति तथा नेतृत्व बदल्ने उद्घोष गरेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अतिरिक्त विभिन्न नेताले विशेष महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।

३. महासंकटमा देउवा
नेपाली कांग्रेसका समापति शेरबहादुर देउवा महासंकटमा परेका छन् । दुई महामन्त्रीको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएसँगै उनी संकटमा परेका हुन् ।

४. रास्वपाको समानुपातिक बन्दसूचीमा झमेला
राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूची अध्यावधिक गरिएको छ । उज्यालो नेपाल पार्टीसँगको एकता तोडिएपछि आइतबार रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची अद्यावधिक गरेको हो । उज्यालो नेपाल पार्टीका कतिपयको नाम बन्दसूचीमा रहेका कारण पनि झमेला बढेको हो ।

५. १२ बुँदे सम्झौतासहित जसपा नेपाल र लोसपा नेपालबिच एकता 
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकता भएको छ । यसअघि नै पार्टी एकताको घोषणा गरिसकेका दुवै पार्टीका शीर्ष नेताले आइतबार १२ बुँदे सम्झौता गर्दै पार्टी एकतालाई कार्यान्वयनमा ल्याएका हुन् ।

६. राप्रपाले मनायो राष्ट्रिय एकता दिवस
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाएको छ । राप्रपाले सो अवसरमा चियापान कार्यक्रम आयोजना गरेको थियो । 

७. गायक प्रशान्त तामाङको निधन
नेपाली भाषी लोकप्रिय भारतीय गायक प्रशान्त तामाङको आइतबार निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।

८. कर्णालीका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीका १२ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ रास्वपाले सम्भावित उम्मेदवारको सूची तयार पारेको हो ।

९. एमालेले मधेसबाट केन्द्रमा पठायो सम्भावित उम्मेदवारको सूची
नेकपा एमालेको मधेस प्रदेश कमिटीले प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारीका लागि सम्भावित नामहरूसहितको सूची केन्द्रमा पठाएको छ । 

१०. सुदूरपश्चिममा नेकपाले क–कसलाई बनाउँदैछ उम्मेदवार ?
नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमबाट उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । बाजुराबाहेक सबै क्षेत्रबाट दुई वा सोभन्दा बढी नाम सिफारिस गरी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप