१२ बजे १२ समाचारमा कांग्रेस विशेषः गगनलाई आधिकारिकतादेखि क्रिया–प्रतिक्रियासम्म
सारांश
- निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ।
- आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो।
काठमाडौँ । आज रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘कांग्रेस विशेष’ लिएर उपस्थित भएका छौँ–
- आयोगकाे मान्यता
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो ।
- निर्णय गर्दा विभाजित भएका थिए आयोगका पदाधिकारी
नेपाली कांग्रेस आन्तरिक विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरू विभाजित भएका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा गगनको पक्षमा देखिएका छन्।
अर्की आयुक्त जानकी तुलाधर १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा पक्षमा देखिएको आयोगका एक कर्मचारीले जानकारी दिए।
- देउवा समूहकाे प्रतिक्रिया
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहाुर खड्का निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।
उनले आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताए ।
- देउवा पक्षले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो ।
- थापाको अपिल
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।
- विश्वप्रकाशको घोषणा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा होमिने घोषणा गरेका छन् ।
- प्रतिक्रियाहरु
निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले परिवर्तनको नवयुग प्रारम्भ भएको बताएका छन् ।
- महामन्त्री प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरूलाई अब पार्टीमा सक्रिय भएर सहभागी हुन आह्वान गरेका छन् ।
- कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर गर्दैनः प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन् ।
- गुरुराज घिमिरे
नेपाली कांग्रेसको गगन थापा समूहका महामन्त्री गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता गरेको कागजात निर्वाचन आयोगमा बुझाउनु राजनीतिक प्रोपोगाण्डा मात्रै भएको बताएका छन् ।
थप:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण