१२ बजे १२ समाचार: ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाही, राप्रपामा गुटगत टक्कर
सारांश
- वीरेन्द्रनगरका १५ वटा सडक निर्माणको जिम्मा लिएका सांसदको कम्पनीले वर्षौंदेखि काम अलपत्र पारेको छ।
- कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ, जसमा परिवारका सदस्यहरू पनि संलग्न छन्।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता दुई महिनामा ५६९ विपद्जन्य घटना हुँदा ४३ जनाको मृत्यु भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाही
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका १५ वटा सडक राजनीतिक पहुँच र शक्ति दुरुपयोगको जीवन्त साक्षी बनेका छन् । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका १५ वटा सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन् ।
२. काकाकुल वीरगञ्ज
चलायमान, दौडधुप, अलि कोलाहलपूर्ण पनि अनि जीवन्त सहर । यो हो देशको आर्थिक राजधानी वीरगञ्जको पहिचान । तर आर्थिक गतिविधिका लागि तीव्र गतिमा दौडिने यो सहरको ठुलो हिस्सामा अहिले जीवनको लय नै बदलिएको छ ।
३. बानियाँको बाटो
बागमती प्रदेश सभा अन्तर्गत कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । पार्टीका प्रदेश समिति अध्यक्षसमेत रहेका बानियाँले आफ्नै दलबाट सरकारका नेतृत्व गर्दै आएका बहादुर सिंह लामालाई संसदीय दलको नेताबाट विस्थापित गरेका हुन् ।
४. कर्णाली विकास बैंक घोटाला :
कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर भएको छ । बैंक घोटाला प्रकरणमा मुद्दा दर्ता भएका मध्ये केही व्यक्तिहरू आफ्नै परिवारका नातेदार र सदस्यसमेत रहेको खुलेको छ ।
५. सामुदायिक विद्यालय
सामुदायिक विद्यालयमा हरेक वर्ष विद्यार्थीको सङ्ख्या बढ्दो छ । विद्यालयमा शैक्षिक सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिइएपछि विद्यार्थी र अभिभावकहरू सामुदायिक विद्यालय नै रोज्न थालेका छन् ।
६. मेयरको बाध्यता
काठमाडौँस्थित माइतीघर मण्डला सधैँझैँ गाडीको कोलाहल र मानिसको भीडभाड छ । यहीबिच बाँया सडकमा एउटा फरक दृश्य छ–सडकमा बाँस र बाँसका कुर्सी अगाडि राखेर परालको गुन्द्रीमाथि राडी बिच्छ्याएर एक व्यक्ति शान्तिपूर्ण तर दृढ अडानका साथ बसिरहेका छन् ।
७. राप्रपामा गुटगत टक्कर
पूर्वपञ्चहरूको बाहुल्यता रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पछिल्लो समय गुटगत टक्करको स्थिति देखिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो आलोचक समूहका नेताहरूलाई चिढ्याउने गरी जिम्मेवारी खोस्नेसहितको निर्णय लिएपछि विवाद बढेको छ ।
८. रञ्जिता अध्यक्षबाट आउट
गरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो । अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएकी थिइन् ।
९. नैतिक संकटमा अख्तियार प्रमुख
विशेष अदालतले वाइडबडी विमान प्रकरणमा न्यायिक टिप्पणी उठाएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नैतिक संकटमा परेका छन् । वाइडबडी विमान खरिद प्रकरणमा आयोगले गरेको अनुसन्धान र मुद्दा अभियोजन चयनमुखी भएको भन्दै विशेष अदालतले न्यायिक टिप्पणी उठाएसँगै यो विषय अब अख्तियार प्रमुख राईको नैतिकतासँग गाँसिएको छ ।
१०. अतिक्रमण
वीरगञ्ज औद्योगिक करिडोरमा रहेको हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज प्रालिलाई वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय बाराले पत्र काट्यो । २४ घण्टाभित्र उपस्थित हुनेगरी स्थानीय प्रशासनले उद्योगलाई पत्र काट्नुको मुख्य कारण थियो– उद्योगले कब्जा गरेको सार्वजनिक जग्गा ।
११. रुपन्देही–३ उपनिर्वाचन
प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र पक्ष आ–आफ्नो ढङ्गबाट तयारीमा जुटेका छन् । साना केही दलले उम्मेदवार टुङ्ग्याए पनि यस क्षेत्रमा राम्रो पकड भएका दलहरूले कसलाई उम्मेदवार बनाउँछन् भन्ने टुङ्गो लागिसकेको छैन ।
१२. दुई महिनामा ५ सय ६९ विपद्जन्य घटना, ४३ जनाको मृत्यु
गत जेठ १५ गते (मे २९) मा नेपाल भित्रिएको मनसुनको दुई महिने अवस्था सार्वजनिक गरिएको छ । बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनामा मनसुनका कारण भएको जनधनको विवरण सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण