१० बजे १० समाचार : मौसममा क्रमिक सुधार हुँदै, मनसुनजन्य विपदबाट कोशीमा ठुलो क्षति
आज २०८२ असोज १९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा मौसममा क्रमिक सुधार हुँदै, मनसुनजन्य विपदबाट कोशीमा ठुलो क्षति, बाढी–पहिरोबाट जलविद्युत् आयोजनामा क्षति, विपदमा चनाखो बन्यो सरकार, भोलि माओवादी केन्द्रको सचिवालय बैठक, केन्द्रीय कमिटी बैठकका लागि ठाउँ खोज्दै एमाले लगायत छन् ।
१.मौसममा क्रमिक सुधार हुँदै
अविरल वर्षापछि काठमाडौँसहित देशका विभिन्न भागको मौसममा क्रमिक सुधार आएको छ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२. मनसुनजन्य विपदबाट कोशीमा ठुलो क्षति
कोशी प्रदेशमा मनसुनजन्य विपदबाट कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने २६ हजार जनाभन्दा बढी विस्थापित भएका छन् ।
३. बाढी–पहिरोबाट जलविद्युत् आयोजनामा क्षति
बाढी–पहिरोबाट बर्सेनि जलविद्युत् आयोजनामा क्षति हुने गरेको छ । हालैको अविरल वर्षा र पहिरोले पनि जलविद्युत आयोजनामा ठुलो क्षति भएको छ ।
४. विपदमा चनाखो बन्यो सरकार
अघिल्ला वर्षको तुलनामा हालैको विपदमा सरकार निकै चनासो भएर जनधनको क्षति न्यूनीकरणमा सक्रिय रहेको अनुभूति जनताले गरेका छन् ।
५. भोलि माओवादी केन्द्रको सचिवालय बैठक
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक भोलि (सोमबार) बस्ने भएको छ । महाधिवेशन मिति, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
६. केन्द्रीय कमिटी बैठकका लागि ठाउँ खोज्दै एमाले
नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । यद्यपि बैठक बस्ने ठाउँ भने टुङ्गो लाग्न बाँकी छ ।
७. विप्लवले बोलाए केन्द्रीय समिति बैठक
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोहपछिको राजनीतिक अवस्थाको विश्लेषण, वामपन्थी एकता लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
८. मनाङ प्रदेश सभा–२ को उपनिर्वाचन स्थगित
निर्वाचन आयोगले मनाङ प्रदेश सभा–२ को उपनिर्वाचन स्थगित गरेको छ ।
९. गुण्डा नाइके सानुभाइ पक्राउ
गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका छन् । आइतबार उनलाई टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।
१०. हराएका मान्छे र सामान भेटाइदिने अर्जुन भुसाल
वर्षौंदेखि हराएका व्यक्तिलाई परिवारसँग भेटाउने, सडकमा अलपत्र परेकालाई संरक्षणमा पु¥याइदिने र हराएका सामानहरू खोजेर सम्बन्धित धनीलाई फिर्ता दिने काम गर्दै आएका छन् अर्जुन भुसाल । कतिपयले उनको यो कामलाई विशुद्ध समाजसेवासँग जोड्छन्, तर उनी यसलाई आफ्नो ‘कर्तव्य’ र ‘दायित्व’ मान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण