मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत, रवि लामिछानेले सार्वजनिक पद धारण गर्न नपाउने
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरे।
- रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दियो, तर कानुनी झमेला कायमै छ।
- एमालेको महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकले संशोधित विधान प्रकाशन गर्ने निर्णय गर्यो।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।
२. रवि लामिछानेले सार्वजनिक पद धारण गर्न नपाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश दियो । सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले यसअघि गरेको थुनामा पठाउने आदेशलाई बदर गर्दै उच्च अदालतले लामिछानेले पेस गरेको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
उनी थुनामुक्त भएसँगै अब लामिछानेको कानुनी झमेला कुन अवस्थामा पुगेको हो ? उनले अहिलेकै अवस्थामा चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ? भन्नेसहितका चासो बढेको छ ।
३. महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक
महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ । बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ ।
४. प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।
५. घरजग्गा कारोबारमा उत्साह
कित्ताकाट खुलेसँगै मङ्सिर महिनामा घरजग्गा कारोबारमा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
६. नेपाली कांग्रेस
नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस भएका छन् ।
७. ६० सहसचिवको सरुवा
सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो ।
८. अमेरिकामा नेपालीसहित ७५ जना डिपोर्ट
अमेरिकामा पीआर पाएर ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन् । पीआर नवीकरण नभएपछि निष्कासनमा परेका उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।
९. रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पहिलो चारणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
१०. संविधान संशोधन बहस
११. मधेस केन्द्रित दल
मधेस केन्द्रित दलले पनि चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । जसअनुसार जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टीलगायतका मधेस केन्द्रित दलका शीर्ष नेताहरुको नाम धमाधम सिफारिस भइरहेको छ ।
१२. खोचमा ड्रोन र जीपीएसको पहरेदारी
नेपालका हिमशृङ्खलाहरूमा बढ्दो मानवीय गतिविधिका कारण उत्पन्न फोहोरमैला र वातावरणीय प्रदूषणको गम्भीर समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले एक वृहत् र दूरगामी महत्त्वको पञ्चवर्षीय रणनीतिक कार्ययोजना ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाले कार्यभार सम्हाल्दै ‘हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना (२०८२–२०८६)’ स्वीकृत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण