१२ बजे १२ समाचार: संसद् छिर्ने दौडमा उद्योगी, रेशमको उम्मेदवारी रद्दपछि रोचक बन्नसक्छ कैलाली–१
सारांश
- राजनीतिक दलहरूले उद्योगी व्यवसायीलाई प्राथमिकता दिएका छन्।
- बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी फिर्ता लिएका छन्, भने गगन थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।
- रेशम चौधरीको उम्मेदवारी रद्द भएपछि कैलाली १ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. संसद् छिर्ने दौडमा उद्योगी–व्यवसायी
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सबैजसो राजनीतिक दलहरूले उद्योगी–व्यवसायीहरूलाई पनि प्राथमिकता दिएका छन् ।
२. बाबुरामको ‘यु–टर्न’
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
३. रेशमको उम्मेदवारी रद्दपछि थप रोचक बन्नसक्छ कैलाली–१
कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय निर्वाचन आयोगले गरिसकेको छ । यसपछि नाउपाको पकड क्षेत्र मानिएको यो क्षेत्रमा चौधरीले कसलाई सघाउँछन् भन्ने चासो बढेको छ । कैलाली–३ बाट एकपटक जितेका नेता नदोहोरिएको इतिहास छ ।
नागरिक उन्मुक्ति पार्टी चार टुक्रा भएको छ । त्यसका नेताहरु विभिन्न समूहमा छरिएका छन् । सोही पार्टीका नेताहरु विभिन्न दलबाट चुनाव लडिरहेका छन् ।
४. गगन थापा प्रधानमन्त्रीको उम्मेदवार
नेपाली कांग्रेसले विशेष महाधिवेशन (पुस २७–३०) बाट सर्वसम्मत सभापतिमा चयन भएका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
५. प्रतिनिधि सभा निर्वाचन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ३ हजार ४ सय ६ जना उम्मेदवार भिड्ने भएका छन् ।
६. दलहरूको चुनावी घोषणापत्र कस्तो हुनुपर्छ ?
अहिले नेपाल पनि संसदीय निर्वाचनको सम्मुखमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सकिएसँगै सबैजसो अहिले दलको एउटा टिम घोषणापत्र निर्माणमा जुटेको छ ।
७. अदालत
सर्वोच्च अदालतले मुद्दाको ‘हकदैया’ र ‘हदम्याद’ जस्ता कानुनी प्रश्नहरूमा सुरुवाती चरणमा गरिने प्रारम्भिक आदेश नै अन्तिम नहुने व्याख्या गरेको छ ।
८. २५ औँ सशस्त्र प्रहरी दिवस
निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइन् ।
९. राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी नहुने
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।
१०. हेनाको अग्निपरीक्षा
फिल्मको पर्दामा एउटै कलाकारले दुई वा तीन भूमिका निभाउनु नौलो होइन । प्रविधिको विकासले कलाकारलाई समय लिएर मेकअप बदल्न र क्यामराको कोणबाट ‘डबल’ वा ‘ट्रिपल’ रोलमा प्रस्तुत हुन सजिलो छ । तर जब रङ्गमञ्चको कुरा आउँछ, त्यहाँ न त ‘रिटेक’को सुविधा हुन्छ, न त लामो समयको विश्राम नै । दर्शकको आँखा अगाडि एउटा चरित्रबाट अर्कोमा पूर्ण रूपले रूपान्तरित हुनु भनेको फलामको चिउरा चपाए जस्तै हो ।
११. प्रदेश समाचार
झापा–५ सधैंजसो नेपाली राजनीतिक शक्ति सन्तुलनको एउटा बलियो प्रतीक मानिन्छ । यो वामपन्थी आन्दोलनको त्यो ऐतिहासिक गढ हो, जसले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने कयौँ नेतृत्व जन्माएको छ ।
१२. अर्थ
प्रतिनिधि सभा निर्वाचनमा छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण