१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
सारांश
- नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो, बैठक जुममार्फत हुनेछ।
- वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन भयो, उहाँको निधन नर्भिक अस्पतालमा भएको हो।
- कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्, तर मतदाता सशंकित छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
२. प्रतिनिधिसभा निर्वाचन
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार मैदानमा छन् । यहाँका सबै समस्या सम्बोधन गर्ने आश्वासन दिँदै उनीहरू घरदैलोमा व्यस्त छन् । तर मतदाताहरू भने विगतका चुनावमा पनि यस्तै भनेकाले पत्याउन सक्ने अवस्थामा छैनन् ।
३. वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
४. ब्याटल ग्राउन्ड दैलेख
दैलेखमा एमालेका रवीन्द्रराज शर्मा र एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। २०७९ को निर्वाचनमा थापाले शर्मालाई पराजित गरेका थिए, तर यसपटक कांग्रेस र रास्वपाका उम्मेदवारले पनि प्रतिस्पर्धा थपेका छन्।
५. शनिबार विशेष
६. जेनजीहरूलाई सरकारले नै काखापाखा गर्यो
देश प्रतिनिधिसभा निर्वाचनमा होमिइसक्दा केही जेनजी समूह भने विभिन्न माग राखी सडक आन्दोलनमा छन् । जेनजी आन्दोलनपछि उठेका केही सवाललाई सम्बोधन नगरी गरिने निर्वाचनबाट पनि निकास ननिस्किने उनीहरूको भनाइ छ । यस्तै मध्येका हुन् अजय सोडारी ।
७. जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
८. विश्वकप क्रिकेट
कोलम्बोको सिंहली स्पोट्र्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
९. २०७९ को निर्वाचनमा मुख्य ४ दलका घोषणापत्रमा के–के विषय समेटिएका थिए ?
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरू घोषणापत्र लेखनमा व्यस्त छन् । प्रायः सबै दलले फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यही सन्दर्भमा हामीले तीन वर्ष अगाडि २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना घोषणापत्रमा समेटेका मुख्य विषय खोतल्ने प्रयास गरेका छौँ । त्यो निर्वाचन यी दलहरू क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भएका थिए ।
१०. भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य
मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्टमा नेपालले बलियो उपस्थिति जनाएको छ, जसमा ३४ निजी पर्यटन कम्पनीहरू सहभागी छन्। मेलामा नेपालले पर्यटन अफर, प्याकेज र गन्तव्य प्रवद्र्धन गर्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
११. इलाम केन्द्रविन्दु भएर भूकम्पको धक्का
शनिबार इलाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शनिबार साँझ ६ बजेर ५० मिनेटमा इलाम जिल्लाको माईजोगमाई गाउँपालिका, नयाँबजार आसपास केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
१२. फोटो फिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण