१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर

काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको ३१ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
- रिसाएका प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नमा झर्को माने । सधैँ नम्र र सरल तरिकाले पत्रकारको प्रश्नको सामना गर्ने र जवाफ दिने गरेका प्रचण्ड सुरुकै प्रश्नबाट चिढिएका थिए ।
- शिक्षा समिति बैठक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा ३३ बुँदे धारणा राखेको छ । शनिवार बसेको शिक्षा समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले शिक्षा मन्त्रालयले तयार पारेको ३३ बुँदे धारणा राखेका हुन् ।
- प्रदेश
सबै प्रदेशहरुले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछन् । यस्तो छ उनीहरुको तयारी :
- बैंकले घटाए निक्षेपको ब्याजदर
असार महिनाका लागि वाणिज्य बैंकहरुले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले शनिबार सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा असार महिनाका लागि अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।
- इरान इजरायल तनाव
इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबिचको युद्धले अवस्था गम्भीर बनेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै राजदूत पण्डितले लगातारको मिसाइल आक्रमणका कारण त्रासको वातावरण बनिरहेको बताएका हुन् ।
- न्यायाधीश नियुक्ति
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
- प्राध्यापकहरूको आन्दोलन
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय र सेवा आयोगमा ताला लगाएका छन् । सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिका लागि विज्ञापन आह्वान गरेपछि आंशिक प्राध्यापकहरूले ताला लगाएका हुन् ।
- प्रथम नेपाली महिला
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २५ औँ एपिसोड कोइलीदेवी माथेमाका सम्बन्धमा छ । कोइलीदेवी नेपाली गीत, सङ्गीतको क्षेत्रमा बहुचर्चित नाम हो । प्रथम नेपाली महिला सङ्गीतकार हुने श्रेय उनले प्राप्त गरेकी छिन् ।
- शनिबार विशेष
- फोटोफिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)
-
श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज