१० बजे १० समाचार : श्रमिकको तलब वृद्धिदेखि प्रचण्डद्वारा महरासँग सहयोग मागसम्म
सारांश
- श्रमिकको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ।
- प्रचण्डले पार्टीभित्रको अन्तर्विरोध र एकताका लागि उपाध्यक्ष महरासँग सहयोग मागे।
- आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ, बजेट कार्यान्वयनमा।
- ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलियो, हालसम्म १ हजार ९ सय ९७ जना बिरामी भेटिए।
काठमाडौँ । आज मिति २०९२ साल साउन महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. श्रमिकको तलब वृद्धि
श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो ।
अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ ।
यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।
२. प्रचण्डद्वारा सहयोग माग
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन उपाध्यक्ष कृष्णबहादुर महरासँग आग्रह गरेका छन् । बुधबार दिउँसो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले एकताका लागि समायोजन भूमिका खेली दिन आग्रह गरेका हुन् ।
३. धरहरामा अल्झन
केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौँ महानगरपालिकासँग खोसेर सञ्चालनमा ल्याएको धरहराका कतिपय संरचनाको निर्माण कार्य करिब १ वर्षदेखि अलपत्र बनेको छ । धरहरा हाल सञ्चालनमै रहेपनि बेसमेन्ट पार्किङ, सुन्धारालगायत धरहरा परिसरका संरचनाका काम अलपत्र बनेका हुन् ।
४. प्रचण्ड निवासमा शेखर
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको गठबन्धन सरकारबारे निराशा व्यक्त गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर सरकारको काम कारबाहीबारे निराशा व्यक्त गरेका हुन् ।
५. विद्याबारे ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको बताएका छन् । पत्रकार विजकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
६. बजेट कार्यान्वयनमा
आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।
७. अडियो प्रकरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो आफ्नो अभीष्ट पूरा हुन नपाएपछि चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
मन्त्रालयले बिहीबार भूमि मन्त्रीको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले त्यो नपाएपछि अडियो सार्वजनिक गरेको बताए ।
८. स्थानीय तह
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि कडा निर्देशन जारी गर्दै वित्तीय अनुशासनमा नबस्ने स्थानीय तथा प्रदेश सरकारहरूमाथि अङ्कुश लगाउने सङ्केत दिएको छ ।
९. सेयर बजार
नेपालको धितोपत्र बजारले आर्थिक वर्ष २०८१/८२ मा कारोबार रकममा ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस अवधिमा २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १८९ प्रतिशतले बढी हो ।
१०. डेंगु संक्रमण
डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण