शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: प्रधानमन्त्रीकाे राजीनामा मागदेखि कारागारबाट रविको सन्देशसम्म

मङ्गलबार, २४ भदौ २०८२, ०० : ०३
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग गरेको छ।
  • गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा मानवीय क्षति भएपछि राजीनामा दिएका छन्।
  • काठमाडौं लगायत विभिन्न जिल्लामा जेनजी आन्दोलनपछि कर्फ्यु जारी गरिएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले ओलीको राजीनामा मागेको हो ।

२. गृहमन्त्रीले दिए राजीनामा

जेनजी पुस्ताको आन्दोलनमा ठुलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका युवामाथि व्यापक दमन भएसँगै गृह प्रशासन आलोचित बनेको थियो ।

जेनजी पुस्ताले गरेको आन्दोलनमा जस लिन केही दलबिच होडबाजीजस्तै चलेको छ । रास्वपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत विपक्षी दलहरूले जेनजी पुस्ताको माग सम्बोधन गर्न भन्दै सरकारलाई दबाब बढाएका छन् । 

  • थप समाचारहरु: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप